jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

बजार

तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात

bijuli-batti-1699756032.jpg

यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।  

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ । 

महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् । महासङ्घका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको छ ।

महासङ्घका अनुसार गत वर्ष बैङ्किङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निकै साँघुरिएको थियो । यसले गर्दा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन् । त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो । गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासङ्घको तथ्याङ्क छ । 

गत वर्ष अन्तर्राष्ट्रिय बजारमै झिलिमिली बत्ती बनाउने कच्चा पदार्थ प्लास्टिक, कपर, पेट्रोलियम पदार्थलगायतको मूल्य अस्वाभाविक रूपमा बढेकाले लागत खर्च पनि अत्यधिक बढेर आएको थियो ।

हिन्दु संस्कृति अनुसार शनिबारदेखि देशभर उज्यालोको पर्व ‘तिहार’ मनाइँदै छ । घर र पसलमा लक्ष्मीको बास होस्, वर्षभरि आम्दानीको स्रोत राम्रो होस् भनेर मनाइने यो पर्व उज्यालोबिना खल्लो हुन्छ । 

ग्रामीण भेग जहाँ बत्ती पुगेको छैन, त्यहाँ अहिले पनि मटितेल, तोरीको तेल र डिजेलको प्रयोग गरी ससाना टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ । त्यस्तै मैनबत्ती बालेर पनि घरआँगन उज्यालो बनाइन्छ ।

बत्ती पुगेका सहरबजारमा भने विभिन्न प्रकारका विद्युतीय बत्तीको महत्व हुन्छ । प्रत्येक घर, कार्यालय, महल, पसल, बगैँचा, होटल, रेस्टुराँलगायतमा विद्युतीय झिलिमिली बत्तीले उज्यालो बनाएर अँध्यारो रातलाई रङ्गीचङ्गी बनाइएको हुन्छ । जसका कारण पनि तिहारमा बिजुली बत्तीको आयात, व्यापार र खपत अत्यधिक हुन्छन् । 

यस वर्ष विगतका वर्ष जस्तो व्यापार नभएको व्यसायीको भनाइ छ । महासङ्घका उपाध्यक्ष रमेश देवकोटाले आर्थिक मन्दी र सर्वसाधारणको क्रयशक्ति कमजोरका कारण यो वर्ष पनि व्यापार धेरै नहुने अवस्था देखिएको जानकारी दिनुभयो ।

महासङ्घका अनुसार २०७८ सालको तिहारका लागि ३५ करोडको झिलिमिली बत्ती आयात भएको थियो । महासङ्घका अनुसार यो वर्ष बजारमा थोक मूल्य १७५ देखि २५ हजार रुपियाँसम्मका झिलिमिली बत्ती उपलब्ध छन् । व्यवसायी अनुसार तिहारमा सबैभन्दा बढी झालर र लहरे बत्तीको प्रयोग हुने गरेको छ । बत्तीलाई घर, पसल, कर्पोरेट हाउस, होटल, रेस्टुराँ र सडकलगायतका स्थानमा झुन्ड्याएर र ओछ्याएर बालिने हुनाले बजारमा सबैभन्दा बढी यसैको कारोबार हुन्छ ।

१० मिटरको लहरे झिलिमिली बत्तीलाई थोकमा १२० देखि १५० रुपियाँसम्म मूल्य तोकिएको छ । दुई सय वटा लिड बत्ती भएको २० मिटरलाई २५० देखि २७० रुपियाँसम्म मूल्य निर्धारण गरिएको छ । तिहारको समयमा लिड (एलइडी) बत्ती, डिस्को बत्ती, ६० लिड, एक सय लिड, माला बत्ती, घुम्ने बत्ती र झिलिमिली झालर, लहरे, रोप लाइट, पाइप लाइटको व्यापार झन्डै ८० प्रतिशतले वृद्धि हुने महासङ्घले जनाएको छ ।

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...