jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

तिहारका लागि डेढ अर्ब बराबरको भाइमसला आयात

ti1-1700015076.jpg

भाइपूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपूजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइमसला दिने प्रचलन छ ।

दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइमसला दिने प्रचलन रहेको छ ।

चालू आर्थिक वर्षमा भाइमसला आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाइमसला आयात ३४ करोडले बढि भएको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा भाइमसलाको आयात एक अर्ब १५ करोड छ लाख ५७ हजारको भाइमसला आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही समयमा एक अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाइमसला आयात भएको छ ।

३१ करोडको नरिवल अयात
भाइमसलाको रुपमा प्रयोग हुने नरिवल चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा नरिवल १९ करोड बराबरको आयात भएको थियो ।

७६ करोडको ओखर आयात
भाइमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड बराबरको आयात भएको छ । गतर्षको पहिलो दुई महिनामा २५ करोडको आयत भएकोमा यस वर्षको पहिलो तीन महिनामा बढेर ७६ करोडको आयात भएको हो ।

काजुको आयात घट्यो
गतवर्षको तुलनामा यस वर्ष काजुको आयात घटेको छ । गतवर्ष ३० करोडको काजु आयात भएकोमा यसवर्ष १३ करोड बराबरको मात्र काजु आयात भएको तथ्याङ्क छ ।

छोकडाको आयात केही बढ्यो
गतवर्ष थोरै मात्रामा भएको छोकडाको आयात यस आर्थिक वर्षमा केही बढेको छ । गतवर्षको पहिलो तीन महिनामा छ हजारको मात्र भएको छोकडाको आयात यस आर्थिक वर्षमा दुई लाख बराबरको आयात भएको छ ।

१९ करोडको बदाम आयात बढ्यो
भाइमसलाको रुपमा प्रयोग हुने बदामको आयात केही बढेको छ । गत आर्थिक वर्षको सुरुको तीन महिनामा १४ करोड बराबरको बदाम आयात भएको थियो । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा १९ करोड बराबरको बदाम आयात भएको छ ।

नौ करोडको किसमिस आयात
भाइमसलाको रुपमा प्रयोग हुने किसमिस नौ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षका सुरुको तीन महिनामा किसमिस छ करोड बराबरको आयात भएको थियो ।

पिस्ता आयात घट्यो
भाइमसलाको रुपमा प्रयोग हुने पिस्ताको आयात घटेको छ । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा पाँच लाख बराबरको पिस्ता आयात भएको छ । गत वर्षको सोही समयमा ८९ लाख बराबरबमे पिस्ता आयात भएको थियो ।

सुपारी आयात नै भएन
सुपारीमा आयात प्रतिबन्ध लगाएकाले यसपालि सुपारी आयात भएको छैन । तिहारमा भाइमसलाको रुपमा प्रयोग हुने सुपारीको आयात भएको छैन ।

भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार सुपारी आयातमा अहिले कोटा प्रणालीमा मात्र आयात भएकाले अहिले बजारमा सुपारी पाउन समस्या भएको छ ।

उहाँले भन्नुभयो, “अहिले सुपारीमा कोटा प्रणाली लागू भएकाले सुपारी आयात भएको छैन । मन्त्रालयस्तरीय निर्णय भएपछि मात्र धेरै आयात हुन्छ ।”

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...