Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

तासिरमा अभिभावक र विद्यार्थी लाइ सकरात्मक चिन्तन  कार्यक्रम 

64951840_2394709150759244-1561442417.jpg

 

हेटौंडा उपमहानगर वडा नम्बर  ७ नागस्वति अवस्थित तासिर माध्यमिक विद्यालयमा Art of Parenting  अन्तर्गत एक दिने positive vibration अर्थात  सकारात्मक चिन्तन कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमका मुख्य प्रशिक्षक प्रितम पौडेलले गरेको थियो । कार्यक्रममा  प्रशिक्षक पौडेलले अभिभावकहरुलाई आफ्नो छोराछोरी प्रति कसरी अभिभावकत्व पूरा गर्ने उनिहरुमा कसरी सकारात्मक सोचको विकास गराउने भन्ने जस्ता कुराहरु सिकाउनुको साथै विद्यार्थीहरुलाई आ(आफ्नो पढाइ प्रति कसरी रुचि अभिवृद्धि गर्ने र के कस्ता कुुरा बाट टाढा रहनु पर्छ भनी प्रशिक्षण दिनु भएको थियोे ।     

  कार्यक्रम तीन सत्रमा विभाजन गरि संचालन भएको थियोे । पहिलो सत्रमा कक्षा नर्सरी देखि तीन सम्मका अभिभावक ,दोस्रो सत्रमा कक्षा चार देखि दस सम्म का अभिभावक र तेस्रो सत्रमा कक्षा आठ ,नौ र दस का विद्यार्थीहरुलाई करिव ५ घण्टा सम्म संचालन गरेको थियो । कार्यक्रममा ५०० भन्दा बढि अभिभावकहरुको उपस्थिति रहेको थियो । साथै प्रितम पौडेलले कक्षा आठ,नौ र दसका विद्यार्थीहरुलाई  समेत सकारात्मक उत्प्रेरणा प्रदान गरेको थियो  । 
                     
विद्यालयको प्रमुख व्यवस्थापक  मैया थापाले यो कार्यक्रम पश्चात सम्पूर्ण  अभिभावक र विद्यार्थीहरु खुशी हुनुको साथै सकरात्मक सोचको विकास भएको बताउदैै अभिभावक लक्षित कार्यक्रमलाई पनि निरन्तरता दिने बताए । विद्यालयका प्रधानाध्यापक  हरिवोल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विधालयका संयोजक अमृत प्रसाद ढकालल संयोजकत्वमा कार्यक्रम सम्पन्न गरेका थिए ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...