Saturday, 04 May, 2024
पर्यटन

तस्बिरबाटै थाहा नगर चिनाउन तल्लिन फोटोग्राफर, गणेश बिष्ट !

ganna1-1696648878.jpg

राज कुमार के.सी.थाहा नगरपालिका आसपासको पर्यटन प्रवद्र्धनका लागि थाहानगरका युवा फोटो पत्रकार गणेश बिष्ट निरन्तर लागि परेका छन् । बिष्ट फुर्सद हुने बित्तिकै क्यामेरा बोकेर कहिले झरना, खोला, जंगल, डाँडापाखा, मठमन्दिर, चौर चौतारा कुदिहाल्छन् ।

थाहा नगरको शिखरकोटमा मोवाईल पसलको ब्यवशाय गर्दै गरेका बिष्ट साथीहरुले घुम्न जाउँ भनेपछि क्यामेरा भिरेर पसलको सटर बन्द गरिहाल्छन् । थाहा नगरपालिका वडा नं. ३ को स्थायी बासिन्दा बिष्ट चार दाजुभाई मध्ये कान्छो हुन् ।


प्राकृतिक सौन्दर्यतामा रमाउने गणेश प्रकृतिमा रहेका बिभिन्न स्थानहरु, मठ मन्दिर, सूर्योदय र सुर्योस्तको फोटो खिच्न र सामाजिक सञ्जालमा पोष्ट गर्न रुचाउछन् । बिष्ट कृषि कर्मका गतिबिधिहरु र जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु खिचेर प्रदर्शन गर्न निकै सिपालु छन् । स्थानीय जीवनशैली र रहनसहनका फोटो पनि निकै कलात्मत ढंगले खिच्छन् बिष्ट ।

आनन्द प्राप्तीका लागि मानिसहरुले बिभिन्न नशाहरु सेवन गरी खुसी हुन चाहन्छन् । तर बिष्ट अलि फरक स्वभावका छन् । प्रकृति प्रेमको छुट्टै खाले नशा छ उनीमा, उनी प्रकृतिको सुन्दरता उनको क्यामेराले मात्रै नभई हृदयले समेत खिच्न भ्याउँछन् र ती तस्विरहरुलाई सामाजिक सञ्जालमा प्रस्तुत गरेर सबैलाई दंग पारिदिन्छन् ।

मृदुभाषी, मिलनसार सामाजिक बिकासका लागि केही गरौं भन्ने सकारात्मक सोचका धनी बिष्ट नेपालमा अथाह सम्भावना भएको बताउनुहुन्छ । उनी यहाँको पर्यटनलाई मात्र ब्यवशायिकता दिन सके रोजगारीकोे लागि युवाहरु बिदेशिन नपर्ने बताउँछन् ।


थाहा नगरपालिका पर्यटकीय रुपले अत्यन्तै सुन्दर र सम्भावना बोकेको स्थान भएकोले फोटो मार्फत थाहा नगरलाई परिचित गराउनको लागि आफूले मेहनत गरेको बिष्टले बताउँछन् । उचित प्रचारप्रसारको अभावका कारण थाहा नगर पर्यटकीय बिकासमा पछाडि परेको उनको धारणा छ ।
थाहा नगर कृषि र पर्यटकीय हिसावले अत्यन्तै बिकास हुनुपर्ने स्थान भएको र यहाँको पर्याप्त प्रचारप्रसारको कमी रहेको बताउँछन्, बिष्ट । बिकासका सूचकहरुमध्ये पर्यटकीय बिकास पनि अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ । मकवानपुर जिल्लाकै अत्यन्तै सुन्दर स्थलको रुपमा थाहा नगरपालिका परिचित छ । यहाँका प्रकृतिक सौन्दर्यताका कारण एक पटक थाहा नगर आएका मानिसहरु पटक पटक आउन रुचाउँछन् ।
सामान्य परिवारका बिष्ट प्रकृतिसंग रमाउन मन पराउँछन् । आफ्नो मोवाईल पसलसंगै सहकारी संस्थामा काम गर्ने बिष्ट बिदाको दिन प्रायः नयाँ नयाँं स्थानतिर घुम्न निस्कन्छन् । कहिले एक्लै त कहिले साथीहरुसंग थाहा नगर लगायतको बिभिन्न स्थानहरु घुम्न जान पसल बन्द गर्न तुरुन्त तयार हुन्छन् बिष्ट ।

थाहा नगर र ईन्द्रसरोबर गाँउपालिकाको सिमानामा रहेको मोहीनी झरना होस वा थाहा नगरपालिका वडा नं. ११ को मुस्कान झरना गणेश बिष्टलेनै फोटो खिचेर सार्वजनिक गरेका हुन् । त्यसोत थाहा ११ को नर्वे ढुँगा र थाहा ३ को भकारी ढुँगा, थाहा ११, ६, १२ का सिमानामा रहेकोे मुलाबारी चौर र मनकामना मन्दिर होस् वा थाहा ७ को उनिउ चौर गणेश बिष्टकै फोटोग्राफीले चर्चित भएको हो भन्न सकिने पर्याप्त आधारहरु छन् ।
नेपालकै पहिलो दामनको भ्युटावर र त्यहाँबाट देखिने हिमश्रृङखला, नेपालकै ठुलो चौर मध्येको चितलाङको भेडीचौर, मानव निर्मित नेपालकै ठूलो जलाशय कुलेखानी (ईन्द्रसरोबर)को फोटो खिचेर सार्वजनिक गरेका छन् गणेश बिष्टले ।


गणेश बिष्ट फोटोग्राफी संगै समाचार लेखनमा पनि रुची राख्दछन् । उनले सामाजिक विकास, चासो र चिन्ताको बिषयमा फोटोसंगै समाचार समेत तयार गरेर प्रकाशन गराउँदछन् । उनी बिगत ८ बर्षदेखि तत्कालिन बिकास खवरपत्रिका साप्ताहिक, थाहा टाईम्स अनलाईन संगै हाल पालिकाप्रेस अनलाईनमा समाचार लेख्नुका साथै फोटो पत्रकारिता गर्छन् । बिष्ट राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य समेत हुन् ।
बिष्टले आफुले खिचेको फोटोहरु उनले आफ्नो फेसबुकक पेजबाट परिचय र बिशेषता सहित सार्वजनिक गर्दछन् भने रुटिन अफ नेपाल बन्द जस्तो चर्चित फेसबुक पेजले पनि सार्वजनिक गरिरहेको हुन्छ ।
गणेश बिष्ट फोटो मात्रै खिच्दैनन्, उनले फोटो खिचेको स्थानको प्रवर्धनका लागि बिभिन्न उपायहरु खोज्छन् । त्यहाँको बिशेषता पत्तालगाई साथीहरुसंग सरसल्लाह गरिहाल्छन् । बिष्टलाई थाहा २ का निरज प्रधान, माधव कार्की, थाहा ४ का यादव जंग रायमाझी, सुरज कुमार भुजेल लगायतले सल्लाह, साथ र सहयोग गरिहाल्छन् । प्रायजसो गणेशसंगै बिभिन्न स्थानको फोटोग्राफी गर्न, भ्रमण गर्न उहाँहरु साथमै हुन्छन् ।

बिगत १ बर्ष अगाडि थाहा ७ को उनिउचौरको फोटो खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गरेका गणेश बिष्टले माधव कार्की, यादवजंग रायमाझीसंगको योजनामा पालुङ आग्रा पदयात्राको नै तय गरे । थाहा नगरपालिकाको बिकासघर रुपचन्द्र बिष्टको शालिक स्थलबाट गोरखनाथ मन्दिर, शंखमुल त्रिवेणी धाम, पाण्डुकेश्वर मन्दिर, पाथीभरा मन्दिर, पालुङगढी, भकारी ढुँगा, केशरी भञ्ज्याङ, उनिउचौर हुँदै डाँडाबास सम्मको करिव १३ किलो मिटरको ट्रेकिङ रुट नै तयार गरे र लगातार ३ हप्ता काठमाण्डौ, हेटौंडका पदयात्रीहरुलाई स्वागत गर्ने कार्यक्रम नै बनाए र सफल पदयात्रा समेत गराए । उक्त पदयात्रामा करिव ३ सय भन्दा बढी पदयात्रीहरु सहभागी भएका थिए ।


आफ्नै ब्यक्तिगत खर्चमा स्वतः स्फूर्त थाहा नगरको पहिचान, बिभिन्न स्थानहरुको पर्यटन प्रवर्धनमा तल्लिन युवा गणेश बिष्ट फुर्सद हुनेबित्तिकै क्यामेरा बोकेर निस्किहाल्छन् ।

गणेश बिष्टले खिचेका थाहा नगरका पर्यटकीय स्थलहरुको फोटोहरु फरक सोचले प्रकाशन गरेको “तस्बिरमा थाहा” र थाहा नगरपालिकाले प्रकाशन गरेको “गन्तब्य थाहा नगरपालिका” नामक पुस्तक र बिभिन्न संघ संसथले प्रकाशन गर्ने क्यालेण्डरहरुमा छापिएको छ ।
बिष्टको फोटोहरु हेल्प एज ईन्टरनेशनलले समेत उत्कृष्ट फोटोहरुको सूचीमा राखेर सम्मान गरेको छ भने उनका फोटोहरु उत्कृष्ट फोटोहरुको सूचीमा परेको कारण पालुङ जेसीजले समेत सम्मान गरेको छ ।
मानिसका बिभिन्न नशा मध्ये प्रकृतिको सामिप्यतामा हराउने पनि शोख हुन्छ । मान्छेहरु आफ्नो रहर र शोख पुरा गर्न बिभिन्न क्षेत्रका, प्राकृतिक स्थलहरुको भ्रमण गरिरहेका हुन्छन् । थाहा नगर आफैमा सुन्दर छ । यही सौन्दर्यतालाई देश बिदेशमा ब्यक्तिगत रुपमा प्रचारप्रसार गर्न गणेश बिष्ट निरन्तर लागिरहेकाछन् ।

थाहा नगरको पर्यटन प्रवर्धनलाई मध्येनजर गर्दै थाहा नगरपलिकाले फरक सोच संगको समन्वयमा काठमाण्डौंको बसन्तपुर र चितवनको पर्सा खैरहनी महेत्सवको समयमा गणेश बिष्टले खिचेका तस्विरहरुको प्रदर्शनीको समेत आयोजना गरेको थियो । २०५२ मा जन्मेका बिष्ट फुर्सद हुने बित्तिकै थाहा नगरलाई कसरी पर्यटकीय हिसाबले परिचित गराउन सकिन्छ भनेर सोच्दै गर्दा हालसम्म आफ्नो जीवनका बारेमा सोच्नै नभ्याएको बताउछन् ।

हालै नेपाल फोटो पत्रकार समूहले काठमाण्डौमा आयोजना गरेको ‘तस्बिरमा बालबालिका’ र ‘तस्बिरमा जेष्ठ नागरिक’ फोटो प्रदर्शनीमा समेत बिष्टले खिचेका फोटोहरु समावेश गरिएको थियो भने ‘तस्बिरमा जेष्ठ नागरिक’ फोटो प्रदर्शनी कार्यक्रमको त कार्यक्रम संयोजक नै गणेश बिष्ट थिए ।

बिष्ट स्थानीय संघ संस्था मार्फत सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन् । उनी पालुङ जेसीजको सदस्य, लियो क्लव अफ पिस थाहाका पूर्व अध्यक्ष, गोरखनाथ मन्दिर संरक्षण समितिका सदस्य, नेपाल रेडक्रस सोसाईटीका आजिवन सदस्य समेत हुन् ।सदस्य समेत हुन् ।

Samarpan Daman

लेखक राजकुमार केसी 

 

 


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...