pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

ढिलासुस्ती गरेर जनतालाई दुःख दिने छुट छैन:- अध्यक्ष घलान

FB_IMG_1687017110500-1687017160.jpg

हेटौंडा, २ असार
मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पालिकाभित्र निर्माणाधिन कार्यमा ढिलासुस्ती गरेर जनतालाई दुःख दिन छुट नदिने बताउनुभएको छ । कुनै पनि कार्य समयाबधीभित्र गर्नुपर्ने भन्दै उहाँले निर्माण स्थलहरुमा अनुगमनलाई तिब्रता दिनुभएको हो । 
अध्यक्ष घलानले पालिकामा सुशासन कायम गर्दै समृद्धी ल्याउन आफु चौबिस घण्टा खटेर पहरेदारको भुमिका निभाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “ यो पालिकामा काम गर्नको लागि कसैले १ कप चिया पनि खुवाउन पर्दैन  तर काम लिइसकेपछी समयाबधीभित्र सक्नुपर्ने र गुणस्तरियता कायम गर्नुपर्ने कुरामा भने कुनैपनि हालतमा छुट हुने छैन ।”  पुर्बी मकवानपुरको राईगाउँमा सडक निर्माण कार्यमा ढिलासुस्ती र सडकको मापदण्ड अनुरुप प्रयोग गर्नुपर्ने सामग्रीको प्रयोग नभएको सूचना पाए लगत्तै अध्यक्ष घलानको नेतृत्वमा प्राविधिक र सडकको कर्मचारी सडक निर्माण स्थलमा अनुगमन गर्न पुगेर अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न निर्माण ब्यवसायीलाई निर्देशन दिनुभयो । निर्माण कार्यमा कुनै किसिमको तलमाथि गरिएको थाहा पाएमा कानुन अनुसार अघि बढ्नुपर्ने दिन आउन सक्छ भन्दै उहाँले सतर्क भई मापदण्ड अनुरुप काम गर्न समेत उहाँले पुलामी सन्स एन्ड कन्स्ट्रक्सन र भैरब कन्ट्रक्सनको निर्माण ब्यवसायीलाई सुझाब दिनुभयो । 
पालिकामा कर्मचारीले ८ घण्टामात्र काम गर्छु भन्न पाएका छैनन् 
बागमती गाउँपालिकाका कार्यकारी अधिकृत झम्कनारायण घलानले कर्मचारीहरुलाई ८ घण्टामात्र काम गर्ने छुट नभएको बताउनुभएको छ । उहाँले प्राबिधिक एबम् कर्मचारीले आबश्यक्ता अनुसार काम गर्नुपर्ने हुनाले ८ घण्टामात्र गर्छु भन्न नमिल्ने बताउनुभएको हो ।
 अधिकृत घलानले पालिकामा अध्यक्ष आफैपनि श्रमदानमा खट्ने र कर्मचारीलाई पनि अतिरिक्त समयमा काम गर्न आग्रह गर्नुभएको हुनाले कर्मचारीहरुले अध्यक्षको लगाब र भावना अनुरुप कार्य गरिहरेको बताउनुभयो । कृषि प्राबिधिक र भुमि सम्बन्धी काम गर्ने कर्मचारीहरु बिहान ७ बजेदेखी नै वडाहरुमा खटिरहेको उहाँले जनाउनुभयो । यद्यपी वडावडामा खटिएका कर्मचारीहरुको हाजिरी बिबरण वडाहरुमा नै कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...