Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

ट्रक महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित

Screenshot_20220625-20533-1656169882.png

ललितपुर– नेपाल ट्रक यातायात व्यवसायी महासंघको पन्ध्रौँ साधारण सभा तथा सातौँ महाधिवेशनबाट महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ विजयी भएका छन् ।
शनिबार सम्पन्न निर्वाचन परिणाम अनुसार राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ बर्षे कार्यकालका लागि महासंघको अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले १ सय २८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ४७ मत मात्र पाए ।
महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा विष्णु न्यौपाने र कृष्णहरि जिसी क्रमश १ सय ३४ र १ सय ५ मत ल्याई विजयी भएका हुन् ।
महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ दोस्रोपटक पनि निर्विरोध निर्वाचित हुन् सफल भएका छन् । सचिवमा १ सय ३८ मत प्राप्त गरि उमेशचन्द्र मजगैयाँ विजयी भएका हुन् ।
त्यस्तै कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित भएका छन् । महासंघको सह–कोषाध्यक्ष ७९ मत ल्याई राजन केसी निर्वाचित भएका छन् । महाधिवेशनले ७  जना प्रदेश संयोजक सहित १६ सदस्सीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो । 
प्रदेश १ मा विद्यापति उपाध्याय,मधेश प्रदेशमा ध्रुव अर्याल,बागमती प्रदेशमा अर्जुन बहादुर सापकोटा,गण्डकी प्रदेशमा विकास थापा, लुम्बिनी प्रदेशमा यम प्रसाद पाण्डे, कर्णाली प्रदेशमा प्रकाश अधिकारी र सुदूरपश्चिम प्रदेशमा मेघराज भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष निर्वाचित गर्न मतदान भएको थियो भने अन्य पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...