pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

टोल विकासका पदाधिकारीलाई नेतृत्व विकास तथा उद्घोषण तालिम,,

host-program-1673712284.jpg

मकवानपुर ÷ हेटौँडा—१५ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा—१५ को आयोजना तथा हेटौँडा–१५ को आर्थिक सहयोगमा ५ दिने तालिम आज सम्पन्न भएको हो । टोल विकासका अध्यक्ष सिंह बहादुर विश्वकर्माको सभाध्यक्षता तथा हेटौँडा—१५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । पौष २५ गते देखि संचालित तालिममा टोल विकासका पदाधिकारीहरु ग्रि ५५ जनाको सहभागिता रहेको थियो ।


समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न सके मात्र जिवनमा परिवर्तन आउने बताउनु भयो ।
तालिममा सहभागि कृष्ण माया तितुङले पाँचदिने कार्यक्रमबाट मञ्चमा उभिएर निर्धक माइक समात्न सक्ने भएको बताउनु भयो । अर्का सहभागि कुमारी श्रेष्ठले यो पाँचदिने कार्यक्रम घरभित्र चुल्होचौकामा सीमित भएका महिलाहरूका लागि सुनौलो अवसर भएको बताउनु भयो ।
प्रशिक्षार्थी परशुराम घिमिरेले आफुभित्र रहेको क्षमता पनि अभ्यास नहुँदा भित्रै लुकेर बसेको कुरा तालिम लिएपछि बुझेको बताउनु भयो । तालिम लिएपछि आफूलाई मनमा लागेको कुरा समूहमा राख्न सक्ने भएको उहाँको भनाइ छ ।
सो अवसरमा सहभागि टोलविकासका पदाधिकारीहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए । प्रशिक्षार्थीहरूले पाँच दिनमा कार्यक्रम संचालन देखि बोल्नेकला सम्बन्धी धेरै कुरा सिक्न पाएको बताएका थिए । 

टोल विकासका पदाधिकारीहरुलाई बाल्ने कला र क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको टोल विकास समन्वय समितिका सचिव युवराल लोले बताउनु भयो । ५ दिन सम्म संचालित तालिममा हजुरको खबर डटकमका प्रमुख रुपक कालिराज र विजय बजागाईले सहजीकरण गर्नु भएको थियो । थाहापाटी,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...