Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

टिष्टुङको बागेश्वरी माविले मनायो ५७औं स्थापना दिवस

FB_IMG_1743907744691-1743907763.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को बागेश्वरी माध्यमिक विद्यालयले ५७ओैं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । स्थापना दिवसको अवसरमा विद्यालयले पुर्व शिक्षक, पृर्व विद्यार्थी पुर्नमिलन, साँस्कृतिक कार्यक्रमको साथमा वार्षिक परीक्षाफल प्रकाशित गरेको छ ।
बागेश्वरीले २०८१ सालको वार्षिक परीक्षाफल समेत प्रकाशित गरेको विद्यालयका प्रधानाध्यापक विरमान स्याङतानले जानकारी दिए । परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । स्थापना दिवसको अ वसरमा विद्यालयले पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व प्रधानाध्यापक र पूर्व शिक्षकहरूलाई समेत सम्मान गरेको छ । वि.स २०५८ सालबाट एसएलसी परीक्षा सञ्चालन भएदेखि अहिले सम्म करिब १ हजार जना विद्यार्थीहरू एसएलसी÷एसईई परीक्षा दिई सकेको प्रधानाध्यापक स्याङतानले जानकारी दिए।
स्थापना दिवस समारोहका प्रमुख अतिथि मकवानपुर–२ का सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले थाहानगरको उत्कृष्ट विद्यालयको रूपमा बागेश्वरी माविले आफ्नो स्थान लिएको बताए । सांसद बर्तौलाले विद्यालय प्रशासनले सामुदायिक विद्यालयको नतिजा राम्रो ल्याउनमा खेल्नु भएको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन् । अब विद्यालयलाई प्राविधिक धारमा लौजन नगरपालिकाले योजना बनाएर अगाडि बढ्नु पर्ने उनको जोड रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले अधिकांश तामाङ समुदायको मात्रै विद्यार्थी पढ्ने विद्यालयको शैक्षिक प्रगति थाहानगर भित्रका अन्य विद्यालयको भन्दा राम्रो रहेको बताउँदै आगामी दिनमा अझै सफलताको शुभकामना व्यक्त गरेका थिए । साविक टिस्टुङ गाविसको एक मात्रै माध्यमिक विद्यालयको रूपमा रहेको बागेश्वरी माध्यमिक विद्यालय वि.स २०२४ साल चैत २३ गते स्थापना भएको हो ।
कार्यक्रममा नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, थाहा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष दिनेश बल, १२ नम्बर वडाका अध्यक्ष टिकाराम स्याङतान, ११ नम्बर वडाका पूर्व वडा अध्यक्ष किरणमान बल, पूर्व प्रधानाध्यापकहरु, पूर्व शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागीता रहेको थियोे ।

FB_IMG_1743907735480-1743907764.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...