udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

बजार

टिभिएसका दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

tr-1699618995.jpg

हेटौंडा, २४ कात्तिक/टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ ।

टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले शुक्रबार उक्त मोडलहरु सार्वजनिक गरेको हो । टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले टिभिएसको आरटिआर १६० फोर भि स्पेशल एडिसन मोटरसाईकल र एनटर्क १२५ सिसि ड्रम स्कुटर रातो रङमा सार्वजनिक गरेसंगै उक्त मोटरसाईकल र स्कुटर हेटौंडमा सार्वजनिक गरिएको हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो ।

कम्पनीले अपाचे आरटिआर १६० फोर भिको आरटि एफआई भर्सनको तुलनामा २२ हजार रुपैयाँ कम गरेर नयाँ भर्सन सार्वजनिक गरेको हो । हाल नेपालमा बिक्री भइरहेको अपाचे आरटिआर १६० फोर भिको टप भेरियन्ट भन्दा सस्तो मूल्यमा यसको स्पेशल एडिसन सार्वजनिक भएको हो । कम्पनीले बिक्री गर्दै आएको १६० फोर भिको आरटिएफआई मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ भने नयाँ सार्वजनिक भएको अपाचे आरटिआर १६० फोर भिको स्पेशल एडिसनको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । आरटिआर १६० फोर भिको स्पेशल एडिसन विभिन्न सेग्मेन्ट फ्रष्ट फिचर रहेको छ । यो सेग्मेन्टमा नै पहिलो पटक तीन राइडिङ मोड तथा एड्जष्टेवल ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पाउन सकिन्छ । बाटो र मौसम अनुसार अर्बन, स्पोर्ट र रेन मोड ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।

अपाचे आरटिआर १६० फोर भि आफ्नो सेग्मेन्टको सर्वाधिक पावरफुल मोटरसाइकल हो । यसमा १५९ सिसि, सिगंल सिलिन्डर, आयल कुल्ड आरटि एफआई इन्जिन छ । त्यस्तै राम्रो माइलेज दिने एनटर्क १२५ सिसि ड्रम स्कुटरमा स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ । टिभिएस एनटर्क ड्रममा ९.४ पिएस पावर सहितको १२५ सिसि इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । ‘टी’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटि पनि रहेको कम्पनीले जनाएकोछ । यसमा १२ इन्चका ठुलो टायरहरूका साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कुटरलाई फरक बनाउनुका साथै भिजिबिलिटि बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित वाइड प्रोत्साहन गर्छ । टिभिएस एनटर्क ड्रम रेड सकुटरको मूल्य रु. २ लाख ३५ हजार ९०० रहेको छ 

 


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...