Thursday, 14 May, 2026
IMG-20260413-WA0014-1776144825.jpg

बजार

टिभिएसका दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

tr-1699618995.jpg

हेटौंडा, २४ कात्तिक/टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ ।

टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले शुक्रबार उक्त मोडलहरु सार्वजनिक गरेको हो । टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले टिभिएसको आरटिआर १६० फोर भि स्पेशल एडिसन मोटरसाईकल र एनटर्क १२५ सिसि ड्रम स्कुटर रातो रङमा सार्वजनिक गरेसंगै उक्त मोटरसाईकल र स्कुटर हेटौंडमा सार्वजनिक गरिएको हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो ।

कम्पनीले अपाचे आरटिआर १६० फोर भिको आरटि एफआई भर्सनको तुलनामा २२ हजार रुपैयाँ कम गरेर नयाँ भर्सन सार्वजनिक गरेको हो । हाल नेपालमा बिक्री भइरहेको अपाचे आरटिआर १६० फोर भिको टप भेरियन्ट भन्दा सस्तो मूल्यमा यसको स्पेशल एडिसन सार्वजनिक भएको हो । कम्पनीले बिक्री गर्दै आएको १६० फोर भिको आरटिएफआई मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ भने नयाँ सार्वजनिक भएको अपाचे आरटिआर १६० फोर भिको स्पेशल एडिसनको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । आरटिआर १६० फोर भिको स्पेशल एडिसन विभिन्न सेग्मेन्ट फ्रष्ट फिचर रहेको छ । यो सेग्मेन्टमा नै पहिलो पटक तीन राइडिङ मोड तथा एड्जष्टेवल ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पाउन सकिन्छ । बाटो र मौसम अनुसार अर्बन, स्पोर्ट र रेन मोड ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।

अपाचे आरटिआर १६० फोर भि आफ्नो सेग्मेन्टको सर्वाधिक पावरफुल मोटरसाइकल हो । यसमा १५९ सिसि, सिगंल सिलिन्डर, आयल कुल्ड आरटि एफआई इन्जिन छ । त्यस्तै राम्रो माइलेज दिने एनटर्क १२५ सिसि ड्रम स्कुटरमा स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ । टिभिएस एनटर्क ड्रममा ९.४ पिएस पावर सहितको १२५ सिसि इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । ‘टी’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटि पनि रहेको कम्पनीले जनाएकोछ । यसमा १२ इन्चका ठुलो टायरहरूका साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कुटरलाई फरक बनाउनुका साथै भिजिबिलिटि बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित वाइड प्रोत्साहन गर्छ । टिभिएस एनटर्क ड्रम रेड सकुटरको मूल्य रु. २ लाख ३५ हजार ९०० रहेको छ 

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

थाहाका विद्यालय आइतबार पनि संचालन गर्ने निर्णय
DSCN4807-1778511695.JPG

मकवानपुरको थाहा नगरपालिकाले नगरभित्रका सबै विद्यालय आइतबारसमेत सञ्चालन गर्ने निर्णय गरेको छ। थाहा नगर शिक्षा...

नजिककैको तीर्थ ओझेलमा : पुरुषोत्तम मास पर्खिरहेको पालुङको मत्स्यनारायण
20260511_130604-1778507855.jpg

अहिले वैशाख महिना चलिरहेको छ । यसपटक जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । हिन्दु धर्मशास्त्रअनुसार यो...

रास्वपा थाहा–२ को प्रथम वडा अधिवेशन सम्पन्न, दिपेन्द्र घिमिरे सभापतिमा चयन
FB_IMG_1778330052474-1778330178.jpg

मकवानपुर, थाहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशन भव्य रूपमा...

थाहा नगरको बज्रबाराही माविमा प्रधानाध्यापक विवाद अदालतसम्म पुग्यो
file_000000002a4472088d56-1778253055.png

मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ ।...

शिशु पोषण सुरक्षाका लागि स्तनपान प्रवर्द्धनमा जोड, BMS ऐनबारे सरोकारवालालाई अभिमुखीकरण
FB_IMG_1778240807546-1778240925.jpg

थाहा नगरपालिका क्षेत्रमा शिशुको स्वास्थ्य र पोषण सुरक्षालाई केन्द्रमा राख्दै पोषण कार्यक्रम अन्तर्गत स्तनपान...

७ वर्षपछि सलिनमानको दमदार कमब्याक: ‘युनिभर्सिटी अफ गुण्डाज्’को स्टाइलिस टिजर सार्वजनिक
InShot_20260506_175207967-1778069253.jpg

२०८० सालको माघमा घोषणा गरिएको फिल्म युनिभर्सिटी अफ गुण्डाज् अन्ततः निर्माणमा जाने पक्का भएको छ। मंगलबार...

ऐतिहासिक टिष्टुङमा बज्रबाराही जात्रा आजदेखि
FB_IMG_1777283149750-1777682880.jpg

प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख...

राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन
InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।...

khane-1774766593.png