udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

समाचार

टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह

FB_IMG_1707748450930-1707748469.jpg

टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो ।

टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो 

आइतबार फेरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले पत्र लेखेको छ ।

पत्रमा के छ ?

पत्रमा टिकटकले नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । ‘टिकटक नेपालमा व्यापार निरन्तरताका लागि ५ प्रमुख क्षेत्रहरूमा थप काम गर्ने प्रतिबद्धता जनाउन चाहान्छ,’ पत्रमा भनिएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा केही दिन अगाडि सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याएको थियो, जसमा यस्ता प्लेटफर्म नेपालमा दर्ता गर्नुपर्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने जस्ता प्रावधान छ ।

टिकटकले आइतबार पठाएको पत्रमा नेपालको यो व्यवस्था पूरा गर्न तयार रहेको बताएको छ । पाँचबुँदे पत्रको पहिलो बुँदामा नै टिकटकले नेपालको कानुनी प्रक्रिया पुरा गर्न तयार रहेको बताएको छ ।

प्रतिबन्ध लगाउँदा नेपाल सरकारले देखाएको कारणलाई पनि सम्बोधन गर्ने प्रयास पनि टिकटकले गरेको छ । सरकारले सामाजिक तथा पारिवारिक सद्भावमा खलल पु¥याउने खालका कन्टेन्ट टिकटकमा आएको तर्क गरेको थियो । नयाँ पत्रमा टिकटकले आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्टबारे नेपालको चासो वा सरोकार प्रत्यक्ष राख्न दिने र त्यसलाई सम्बोधन गर्न फोकल प्वाइन्ट (सम्पर्क बिन्दु) तोक्ने समेत बताएको छ ।

साथै नेपाली भाषाका सामाग्रीहरुको फिल्टर गर्न आवश्यक प्रबन्ध गर्ने समेत प्रतिबद्धता जनाएको छ । टिकटकमा नेपाली भाषा प्रयोग भएका कतिपय अश्लिल समाग्रीहरु प्रणालीले नचिन्दा फिल्टर नहुने समस्या छ । त्यसैलाई ध्यानमा राखेर टिकटकले सामग्री फिल्टरिङ र मध्यस्थता बढाउन नेपाली भाषाको सोर्स पनि अनबोर्ड गर्ने टिकटकको प्रतिबद्धता छ ।

टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि प्रतिबद्धता जनाएको छ । शैक्षिक नतिजा सुधार्न विद्यालय र कलेज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री डिजिटलाइज्ड गर्न सहयोग गर्ने प्रतिबद्धता पनि टिकटकले जनाएको छ । ‘हामी एउटा यस्तो पक्षमा काम गर्न तपाईंको हार्दिक सहयोग खोज्छौं र नेपालमा टिकटक प्रतिबन्ध खोल्न अनुरोध गर्न चाहन्छौं,’ मन्त्री शर्मालाई टिकटकले लेखेको पत्रमा उल्लेख छ ।

पत्रमा शान्तिप्रेमी, विनम्र र सांस्कृतिक विविधतायुक्त नेपाली समुदायले टिकटकलाई आफ्नो प्लेटफर्म ठान्ने गरेको उल्लेख छ । ‘विश्वव्यापी डिजिटल प्लेटफर्मको रूपमा प्रयोगकर्ता र प्लेटफर्मको सुरक्षा सुनिश्चित गर्नु हाम्रो मुख्य चासो हो,’ पत्रमा भनिएको छ, ‘४० हजारभन्दा बढी सुरक्षाविज्ञहरूले विश्वव्यापी रूपमा टिकटकका बलियो सोसियल गाइडलाइन्स कायम राख्न र लागू गर्न नवीन प्रविधिको साथ काम गर्छन् ।’ टिकटकले पत्रमा सामग्रीमा देखिने स्थानीय सांस्कृतिक र कानुनी सन्दर्भहरु पनि हेर्ने गरेको उल्लेख गरेको छ ।अनलाइन खवर बाट


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...