edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

समाचार

जो सुकै होस् भ्रष्टाचारी लाई कार्वाही हुन्छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

FB_IMG_1684637799695-1684637814.jpg

जो सुकै होस् भ्रष्टाचारी लाई कार्वाही हुन्छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताउनुभएको छ । 10 Shares Share थाहा नेपाल ६ जेठ, २०८० काभ्रे / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले  जोसुकै भएपनि भ्रष्टाचारीलाई नछाड्ने बताउनुभएको छ । जुन सुकै पार्टीको होस् जो सुकै होस् भ्रष्टाचारी लाई कार्वाही गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले समृद्ध मुलुककाे सपना, सामाजिक, आर्थिक रुपान्तरण सहितकाे समृद्ध नेपालका लागि भ्रष्टाचारको जालाे ताेड्ने अभियानमा सरकार दृढ रहेकाे बताउनुभयो । शनिबार काभ्रेको धुलिखेलमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुदौ गृहमन्त्री श्रेष्ठले निर्दाेष नफस्ने र दोषीलाई नछाड्ने प्रष्ट पार्नुभयो । ‘हामी कसैसँग सम्झौता गर्दैनौँ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर अर्काको देशको शरणार्थी बनाएर पैसा संकलन गर्ने, सम्पत्ति आर्जन गर्ने गिरोहहरूलाई हामीले कारबाहीको दायरामा ल्याउने पहलकदमी गरेका छौँ र ल्याइछाड्छौँ। यो हाम्रो अठोट र संकल्प हो,’ उहाले भन्नुभयो  । उहाले बलिदानिपुर्ण संघर्षबाट प्राप्त उपलब्धिकाे संरक्षण गर्दै सार्वभौमिकताकाे रक्षाका साथै बाँकि रहेका शान्ति सम्झाैताका बाँकि कार्यभार पूरा गर्ने र सुसासन, समृद्धि, सामाजिक न्यायकाे लागि सरकार लागेकाे बताउनुभयो । गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा जस्तै अन्य भ्रष्टाचारसंग संलग्न जाेसुकैलाई कार्वाही गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभयो । पत्रकारिता क्षेत्रमा पनि रूपान्तरण गर्न जरुरी रहेकाे बताउँदै भन्नुभयो : एकातिर प्रविधिलाई आत्मासाथ गर्नेगरी अर्कोतिर आफ्नो कमी कमजोरी भए सच्याउने गरी रूपान्तरण गर्नै पर्छ । भ्रष्टाचारका विभिन्न केस रहेको बताउँदै मन्त्री श्रेष्ठले त्यसतर्फ पनि प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुभयो । ‘नक्कली भुटानी शरणार्थी प्रकरण त अगाडि आएको प्रकरण हो। तर, अरू पनि भ्रष्टाचार गर्ने, ठगीका केस, कस्टडीका केस, कालो बजारीको केस, कमिसनखोरीले देश जरजर बनाएको सन्दर्भमा हामी आँखा चिम्लेर बस्न सक्दैनौँ,’ उहाले भन्नुभयो । यस्तै, कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले अहिलेकाे प्रबृत्ति जारी रहे संघियता खतरामा पर्ने भन्दै कतिपय पञ्चायतकालिन ऐनका कारण प्रदेश सरकारले काम गर्न समस्या रहेकाे बताउनुभयो । मन्त्री श्रेष्ठले अहिले प्रदेशलाई बुख्याचा जस्तो बनाउन खाेजिएकाे भन्दै प्रदेशलाई आवश्यक अधिकार दिन माग पनि गर्नुभएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्कालाई नगद पच्चीस हजारसहित जनपक्षीय पत्रकारिता पुरस्कार-२०८० ले सम्मान गरिएकाे थियाे । बिगत दुई दशकदेखि बागमती प्रदेश अन्तर्गत दोलखा र काठमाडौमा रहेर निरन्तर पत्राकारिता र सङ्गठन निर्माणमा सक्रिय खड्कालाई प्रेस सेन्टर बागमती प्रदेशले उहाको कार्यको मुल्यांकन गर्दै पुरस्कृत गरेको हो । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा‚ प्रेस सेन्टर नेपालका केन्द्रिय इन्चार्ज महेश्वर दाहाल‚ प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञावली, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारू मगर‚ प्रेस सेन्टर नेपालको केन्द्रिय सचिव तथा नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य  सुनिल खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो 
 

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...