Monday, 29 Apr, 2024
समाचार

जिसस मकवानपुरको नवौं जिल्ला सभा सम्पन्न

1699285162251-1699285279.jpg

जिल्ला समन्वय समिति मकवानपुरको नवौं जिल्ला सभा सोमबार सम्पन्न भएको 
छ । 
 सभाले जिसस मकवानपुरको आयव्यय विवरणसहित बजेट पारित गरिएको छ । सभाले जिसस मकवानपुरले गर्ने कार्यक्रमहरुको अख्तियारी प्रदान गर्ने, पछिल्लो समय जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउन पुगेकाहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ । 

यस्तै, भूकम्पबाट पीडित परिवारहरुकालागि मकवानपुरका सबै पालिकाहरुबाट जिससको समन्वयमा राहत संकलन गरि सहयोग गरिने निर्णय भएको छ । ढुंगा गिट्टी, बालुवाको निकासी सम्बन्धमा नीतिगत व्यवस्थाका लागि यथाशक्य छिटो व्यवस्थापन सम्बन्धमा अनुरोध गर्ने निर्णय सभाले गरेको छ । यसैगरि, लागु औषध गाँजाको वैकल्पिक व्यवस्थाका लागि प्रदेश र संघमा आवश्यक बजेट व्यवस्थापनका नीम्ति माग गर्ने निर्णय भएको जिसस मकवानपुरका प्रमुख ललित घलानले जानकारी दिएका छन् । 

सभाको उद्घाटन सत्रमा प्रमुख अतिथी समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी सार्ने र नाम परिवर्तन गर्ने कुरा आफूले नगरेको उल्लेख गरेका छन् । केही समयअघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेशको नाम र राजधानी पायक नभएको भन्ने कार्यक्रमका सहभागीहरुको भनाइलाई स्वभाविक भएको धारणा राखेको मुख्यमन्त्री जम्कट्टेलले बताएका छन् । उनले प्रदेशको नाम र राजधानी बनिसकेको र यसमा दायाँबायाँ नहुने स्पष्ट समेत पारेका छन् । 

सभामा संघिय सांसद महेश बर्तौला, बिन्दाबासिनी कंशकार, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमति प्रदेश सांसद प्रेमबहादुर पुलामी (छिन्तु), लगायत पालिकाका प्रमुख एवम् उपप्रमुखहरुको उपस्थिति थियो ।

1699285164651-1699285286.jpg

world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...