janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

समाचार

जिल्लास्तरीय वक्तृत्वकलामा कुसुम खड्का उत्कृष्ठ

1723124439568-1723124512.jpg

मकवानपुर, २४ साउन/मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा मूख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मकवानपुर जिल्लास्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा हेटौंडाको जेनिथ ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा कुसुम खड्का प्रथम भएकी छिन् ।

बिहीबार हेटौंडामा भएको प्रतियोगितामा बालजागृति ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा देविना सञ्जेल, हेटौंडा क्याम्पसकी छात्रा सुशिला तामाङ र भुटनदेबी माबिका छात्र सिद्धान्त फुयाल क्रमशः द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।

“आर्थिक समृद्धिमा सहकारीको भूमिका” विषयक वक्तृत्वकलामा प्रतियोगितामा जिल्ला स्थित विभिन्न बिद्यालयका २७ छात्रा र ११ छात्र गरी ३८ जना सहभागि भएका थिए ।

साहित्य संगम मकवानपुरको ब्यवस्थापनमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान हाँसिल गर्नेलाई छात्रबृत्ति स्वरुप क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालन बद्री प्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि लम्सालले बिद्यालय तहदेखि नै सहकारी शिक्षा आवश्यक भएको बताए । लम्सालले राष्ट्रको आर्थिक समृद्धिमा सहकारी संघ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।
सहकारी संस्थाका सञ्चालक अर्पण पराजुलीले सञ्चालन गरेका कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर अध्यक्ष एवम् प्रतियोगिताकी निर्णायक संयोजक कल्पना श्रेष्ठ, हातेमाले बचत तथा ऋण सअकारी संस्था हेटौंडाका अध्यक्ष हरिप्रसाद पौडेल, राष्ट्रिय सहकारी बंैक बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, साहित्य संगम मकवानपुरका अध्यक्ष डि.बि. बर्तौला, सचिव मनोज पोखरेल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका ईञ्चार्ज बिदुर खड्का, निर्णायकहरु सुवास खनाल, बिश्वनाथ सञ्जेल, लगायतको आतिथ्यता रहेको थियो ।
सहकारी संस्थाले हरेक बर्ष साउन २४ गते स्थापना दिवसको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा यो बर्ष माध्यमिक तह बिद्यालय स्तरीय वक्तृत्वकलामा प्रतियोगिता आयोजना गरिएको संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए ।
सहकारी संस्थाको मूख्य कार्यालय सहित एक सेवा केन्द्र मार्फत हेटौंडा उपमहानगरपालिका सहित बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका कार्यक्षेत्रमा २ हजार ५ सय ९२ जना सदस्यहरु माझ सहकारी गतिबिधि सञ्चालन गर्दै आएको छ । संस्थामा ४ महिला र २ जना पुरुष सहित ६ जना कर्मचारी सेवारत छन् ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...