pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

जिल्लास्तरीय खुल्ला बक्तृत्वकलामा आकृति घिमिरे भइन् प्रथम

FB_IMG_1685977021059-1685977073.jpg

जेठ, हेटौडा - जिल्ला युवा समिति मकवानपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा आकृति घिमिरे प्रथम भएकी छिन। 

"युवा र नबप्रबर्तन" शिर्षकमा हेटौडामा सोमबार भएको जिल्ला स्तरिय खुल्ला वक्तृत्वकला प्रतियोगितामा घिमिरेले प्रथम स्थान हासिल गरेकी हुन् । यस्तै, प्रतियोगीतमा सरोज बिकले द्दितीय, कृतिका लैडारी तृतीय भएका छन्। प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय हुनेहरुले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन्। 

जिल्ला समन्वय समितिको प्रमुख ललितबहादुर घलानले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै, 'युवा एक किसिमको सोच हो, युवाले कस्तो किसिमको समाज व्यवस्था र राज्यको स्वरुप रुपान्तरणमा युवाको सहभागिताको सम्बन्धि युवा परिषदले विभिन्न कार्यक्रम गर्दै आईरहेको प्रति  खुशी व्यक्त गर्नुभयो ।

त्यस्तै, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले अबको युवाले बोल्ने कला मात्र हैन, ब्यबहारमा पनि देखाउने युवाको खाचो रहेको बताउनुभयो । समाजको बिग्रेको अवस्था सुधार्ने भनेकै युवा हो, क्षमता भएका युवाहरुलाई देशमै केही गरेर खाने वातावरण रहेकोले युवा अब टाठो हुनुपर्ने समेत बताउनुभयो।

जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला युवा समितिको संयोजक सुमन पाख्रिनको सभाध्यक्षतामा भएको छ । 

त्यस्तै, बागमती प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौंडा जेसिसका अध्यक्ष श्रवणकुमार बर्तौला, मकवानपुर बहुमुखी  क्याम्पस स्ववियु सभापती छोईसाङ लामा लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा निर्णायकमा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज शर्मा, प्राध्यापक निरा शर्मा र पुर्व हेटौंडा जेसिस अध्यक्ष दिपक मिश्र रहनु भएको थियो।  

प्रतियोगितामा प्रथम हुने जेष्ठ २७ गते प्रदेश स्तरिय बक्तृत्वकलामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

FB_IMG_1685977021059-1685977086.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...