pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

जाल्पा सामुदायिक लघुबित्तद्वारा सदस्यलाई तरकारीको बिउ बितरण

FB_IMG_1677340373760-1677340397.jpg

हेटौंडा,१२फागुन/बुटवलमा केन्द्रिय कार्यालय रहेको जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था लि. को हेटौंडा शाखा कार्यालय अन्तरगतका सदस्यहरुलाई उद्यम बिकास कार्यक्रम अन्तरगत नगदेबालीतर्फ आकर्षित गरि उद्यमशिल बनाउन मौसमी तरकारीको बिउ बितरण गरिएको छ ।

बिभिन्न चरण गरि संस्थाको ग्राहक संरक्षण कोष अन्तरगत शाखा कार्यालय हेटौंडाका१२० जना सदस्यहरुलाई काक्रो, भिण्डी, तनेबोडी, करेलाको बिउ बितरण गरिएको जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्थाको हेटौंडा शाखा कार्यालयका प्रबन्धक सुमन खत्रीले बताउनुभयो । 

प्रबन्धक खत्रीले संस्थाले बित्तीय सेवासंगै सदस्यहरुको घरदैलोमा नै पशु तथा कृषि प्राबिधिक सेवा र बिभिन्न सीपमुलक तालिम प्रदान गरिने बताउनुभयो ।


मौसमी तरकारीको बिउ बितरण कार्यक्रममा जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था बागमती प्रदेश कार्यालयका कार्यालय प्रमुख बसन्तराज चालिसे, हेटौंडा शाखा कार्यालयका कर्मचारी, संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाले बित्तीय सेवासंगै विभिन्न सीपमुलक कार्यक्रम समेत संचालन गरी सदस्यहरुलाई ब्यवसायीक बनाउन जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्थाले सदस्यहरु केन्द्रित कार्यक्रम ल्याएकोमा सदस्य अनिशा श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

संस्थाले ३४ जिल्लामा  ९९ शाखा कार्यालयमार्फत बित्तीय कारोबार गर्दै आएको छ ।

१ लाख ६ हजार ४ सय ४९ जना सदस्य रहेको संस्थाले ५० हजार ९ सय ३५ सदस्यहरुसंग कर्जा कारोबार गर्दै आएको छ ।
संस्थामा ५ सय ६२ जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...