Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

समाचार

जलाधार क्षेत्रमा बर्षा संगै कुलेखानीको सतह बढ्यो

FB_IMG_1720360173631-1720360194.jpg

फाइल तस्विर

जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा पानीको सतह २४ घन्टामा करिब साढे ८ मिटर बढेको छ । जलाधार क्षेत्रमा शुक्रबार रातीदेखि शनिबार अपरान्हसम्म अविरल वर्षा भएकाले २४ घन्टामै जलाशयमा साढे ८ मिटर पानी संकलन भएको हो ।

शुक्रवार बेलुका कुलेखानी जलाशयको सतह १ हजार ४ सय ८५ दशमलब ६६ मिटर थियो भने शनिवार वबेलुका १ हजार ४ सय ९३ दशमलब ३५ मिटर पानीको सतह थियो ।

दामन, पालुङ, चित्लाङ,मार्खु,फाखेल,वज्रवराहीलगायत जलाधार क्षेत्रमा शुक्रवार रातीदेखि भारी वर्षा भएकाले २४ सै घन्टामा जलाशयको सतह साढे ८ मिटर वढेको कुलेखानी प्रथम जलविद्युत् केन्दका प्रमुख तारादत्त भट्टले भने,‘शनिबार दिउँसो प्रतिघन्टा ३०,३५ सेन्टिमिटर पानीको सतह बढेको थियो ।’ आइतबार जलाधार क्षेत्रमा वर्षा नभएकाले जलाशयमा प्रतिघन्टा १० सेन्टिमिटर पानीको सतह वढेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशयको सतह यो वर्ष १ हजार ४ सय ८३ दशमलव ८६ सेन्टिमिटरसम्म झरेको थियो । सुख्खायाममा दैनिक झण्डै एक मिटर नै पानीको सतह घट्ने गरी कुलेखानी सञ्चालन गरिएको थियो ।

विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने गरिन्छ । विगत २ दिनदेखि कुलेखानी सञ्चालनमा ल्याइएको छैन । तीन सय मिटर चौडाई र सात किलोमिटर लम्वाई रहेको कुलेखानी जलाशय वर्षायाममा भर्ने र सुख्यायाममा विद्युत् उत्पादन गर्न पानी खपत गर्ने गरिन्छ ।

कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले १० मेगावाट मात्र विद्युत उत्पादन गर्ने गरी सञ्चालन गरिएको थियो । जलाशयको पानीको सतह एक हजार ४ सय ८४ मिटरवाट तल झरेपछि १० मेगावाटमात्र विद्युत् उत्पादन गरिएको थियो ।

कुलेखानी जलाशयमा संकलन गरिएको पानी एक हजार ४ सय ८३ मिटर सतहमा झरेपछि विद्युत उत्पादनका लागि पानी प्रयोग गर्न सकिँदैन। कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । २०७२ सालको भुकम्पले जलाशयको ड्यामको केही भाग चर्केकाले सकेसम्म एक हजार ५ सय २७ मिटर भन्दाबढी पानीको संकलन गर्दा बढी जोखिम हुने प्राविधिकहरुले बताएका छन् । जसले गर्दा गत वर्ष एक हजार ५ सय २७ मिटर पानी संकलन गरिएको थियो ।

एक हजार ५ सय ३० मिटर पानी जलाशयमा संकलन हुँदा ४७ मिटर संकलित पानी विद्युत् उत्पादनमा लागि प्रयोग गर्न सकिन्छ भने एक हजार ५ सय २७ मिटरमात्र पानी संकलन भएको अवस्थामा ४४ मिटरमात्र पानी विद्युत उत्पादनका लागि उपयोग गर्न सकिन्छ ।कुलेखानी प्रथमबाट ६० दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुनेगर्छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ईकान्तिपुरमा खवर छ।


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...