pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनिकरण गर्न थाहामा छलफल

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेकोले पर्यावरण जोगाउन सबै सचेत हुनु पर्ने बताउनु भएको छ । थाहा नगरपालिका तथा पानी सदुपयोग फाउन्डेसनको आयोजनामा जलवायु परिवर्तन तथा जलउत्पन्न प्रकोप जोखिम व्यवस्थापन कार्यक्रममा प्रमुख विष्टले पर्यावरण जोगाउन नलागे प्राकृतिक विपत्ती भोग्नु पर्ने भएकाले आजैबाट  जोखिम न्यूनिकरणमा लाग्नु पर्ने बताउनु भयो । 
 थाहा नगरपालिका शिखरकोटको विकास घरमा भएको कार्यक्रममा विश्वको जलवायु परिवर्तनको बारेमा चर्चा गरिएको छ । कार्यक्रमलाई सहजिकरण गर्दै डाक्टर ङमिन्द्र दाहालले वर्तमान अवस्थामा विश्वमा जलवायु परिवर्तन र यसका असरहरुको बारेमा जानकारी गराउनुभएको छ । त्यस्तै कार्यक्रमका सहजकर्ता डाक्टर चिरन्जिवि भट्टराईले थाहा नगरपालिकामा जलवायु परिवर्तन र वर्षाको बारेमा बोल्दै वातावरण जोगाउनको लागि सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभएको छ । 


कार्यक्रममा थाहा नगरपालिकाका जनप्रतिनिधीहरु तथा थाहानगरपालिकाका शाखा प्रमूखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा थाहा गरपालिकाका नगर उपप्रमूख खड्ग गोपालीदले थाहा नगरपालिकाको विपद व्यवस्थापनका बारेमा बोल्दै भावि योजनाहरुको लागि आफूहरुले सार्थक सोच निर्माण गरिरहेको बताउनुभएको छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...