Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

जन्म दिनमा टुहुरालाई पोसाक, वृद्धवृद्धालाई चिनी

69074801_2303222406673767-1566980468.png


मकवानपुरको थाहा नगरपालिकाका एक जना वडा अध्यक्षले आफ्नो जन्म दिनको अवसरमा वडाका टुहुरा बालबालिकालाई विद्यालय पोसाक र वृद्धवृद्धालाई चिनी प्रदान गर्नुभएको छ । 
थाहा नगरपालिका–११ का वडा अध्यक्ष किरणमान बलले मंगलबार आफ्नो जन्म दिनमा टुहुरा बालबालिकालाई पोसाक र वृद्धवृद्धालाई चिनी प्रदान गर्नुभएको हो ।  जन्मदिनमा फजुल खर्च गर्नु भन्दा अनाथ, असहायहरुलाई सहयोग गर्नु उचित लागेकोले सोही बमोजिम टुहुरा र बृद्धबृद्धाहरुलाई सहयोग गरेको वडा अध्यक्ष बलले बताउनुभयो 
बलले आफ्नो वडाका २५ जना टुहुरा बालबालिकालाई वडा कार्यालयमै बोलाएर एक कार्यक्रमको आयोजना गरी पोसाक वितरण गरेका हुन् भने हेटौंडा, रातोमाटेस्थित दिव्य सेवा निकेतन वृद्धाश्रममा रहेका वृद्धवृद्धाको लागि एक महिनाका लागि पुग्ने चिनी वितरण गर्नुभएको हो । बलसहितको १२ जना युवाहरुको समूहले दिव्य सेवाको लागि प्रत्येक वर्ष वर्षभरिको लागि पुग्ने चिनी सहयोग गर्दै आएको छ । 
थाहा नगरपालिका सामाजिक समितिका संयोजकसमेत रहेका बलले आफ्नो जन्म दिनमा टुहुरा बालबालिकालाई कपडा वितरण गर्नु अघि वडामा रहेका टुहुरा बालबालिकाहरुको तथ्याङ्क लिनुभएको थियो । वडामा रहेका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पारिवारिक अवस्थाबारे विद्यालयमार्फत् नै तथ्याङ्क लिएको उहाँले बताउनुभयो ।
‘तथ्याङ्क अनुसार टुहुरा बालबालिकालाई पहिले नै सूचना गरी बोलाएर कपडा प्रदान गरें, यसो गर्दा बेग्लै आनन्दको महशुस भएको छ,’ उहाँले भन्नुभयो । विद्यालय अनुसारको पोसाक पाएपछि बालबालिकाहरु पनि निकै खुशी देखिन्थे । 
बलको जन्म दिन कार्यक्रमको अवसरमा वागेश्वरी माविका प्रधानाध्यापक वीरमान स्याङ्तान, प्रेमसागर फाउण्डेशन जन भोजनालयका व्यवस्थापक भोला राउत लगायतले शुभकामना दिनुभएको थियो । 
थाहा नगरपालिकाको वडा नं. ११ मा टुहुरा बालबालिकालाई वडा कार्यालयले पनि मासिक सहयोग गर्दै आएको छ । बाबु–आमा दुबै नभएका बालबालिकालाई मासिक एक हजार रुपियाँ  र बाबु वा आमा नभएका बालबालिकालाई मासिक पाँच सय रुपिया सहयोग गर्ने गरिएको वडा अध्यक्ष बलले बताउनुभयो । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...