Tuesday, 30 Apr, 2024
समाचार

जनभोजन कार्यक्रम जस्ले थाक्रे र थाहाका दुई हजार बढी विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइरहेको छ।

FB_IMG_1712765861389-1712765894.jpg

तसर्पू,धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू, दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालद्धारा सञ्चालीत जनभोजन कार्यक्रमले आफ्नो १५औं वार्षिकत्सव मनाएको छ ।

वि.स २०६५ साल चैत्र २८ गतेबाट सञ्चालन भएको जनभोजन कार्यक्रमले आज मंगलबार एक कार्यक्रमका विच वार्षिकत्सव मनाएको छ । स्थापना कालबाट दैनिक रुपमा ५ सय जना भन्दा बढि विद्यार्थी तथा बृद्ध आमाबुवाहरुलाई खाना खुवाउर्दै आएको जनभोजन कार्यक्रमले केही वर्ष अगाडीबाट धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४,५ र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११, १२ का १० वटा विद्यालयमा दैनिक २ हजार २ सय भन्दा बढि विद्यार्थीहरुलाई दिवा खाजा खुवाउँदै आएको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले बताए ।

कार्यक्रमका वीचमा संस्थाले जेष्ठ नागरिक र गत वर्षको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान पत्र वितरण गरिएको छ ।  

जनभोज कार्यक्रममा वार्षिक रुपमा १ करोड ३६ लाख भन्दा बढि खर्च भएको संस्थाका उपाध्यक्ष प्रेमराज ढुङगेलले बताए। उहाँका अनुसार विभिन्न सहयोगी दाताहरुबाट प्राप्त र अन्य संस्थाहरुबाट सहयोग रुपमा दिएको रु.९९ लाख आम्दानी भएको भनाई छ । अहिले दैनिक रुपमा ४० हजार खर्च हुने गरेको संस्था उपाध्यक्ष ढुङगेलको भनाई छ ।
वार्षिकत्सव कार्यक्रममा बोल्नु हुँदै थाक्रेका उपाध्यक्ष यन्त्र बहादुर थापाले जनभोजन कार्यक्रमको उच्च प्रशंसा गर्दै पालिकाले पनि जनभोजन कार्यक्रमलाई आर्थिक सहयोग थप गर्ने बताउनु भएको छ । 

त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले जनभोजन कार्यक्रमले विद्यालय र विद्यार्थीमा आएको परिवर्तनको उच्च प्रशंसा गर्दै विगतका वर्षहरुमा पालिकाबाट दिदै आएको आर्थिक सहयोगलाई बुद्धि गरि ५ लाख पु¥याउने बताउनु भएको छ । उहाँले यस किसिमको कार्यक्रम पालिका भित्रका अन्य क्षेत्रमा समेत विस्तार गर्नु पर्ने बताएका छन्। रेडियो राजमार्ग 


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...