Friday, 03 May, 2024
समाचार

जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

1708853499204-1708853524.jpg

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले नेकपा (माओवादी केन्द्र) निकट ललितपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न भएको छ ।
शनिवार ललितपुरमा प्रेस सेन्टरको आयोजना र माओवादी केन्द्रको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी नेता, जनप्रतिनिधि र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यक्रम अन्तरक्रियामा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्र प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दाहालले सामाजिक सञ्जालको सही सदुपयोग गर्न आग्रह गर्दै नागरिक पत्रकारितालाई भरपुर प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘वेभ साइटहरु, ब्लगहरु र सामाजिक सञ्जालहरु प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, जसको व्यवस्थित जग दक्षिण कोरियाबाट भएको हो ।’ अहिले विश्वभरी इन्टरनेटले लाखौं समाचार साइट र ब्लगहरु निर्माण गरेको छ, सहभागितामूलक पत्रकारिता भनिएको बताउनु भयो ।
यसैगरी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । बरालले सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा गम्भीर ध्यानाकर्षण प्रस्तुत गर्नु भएको थियो । विद्युतीय माध्यमको प्रयोगको सकारात्मक नकारात्मकक पक्षमा प्रकाश पार्नु भएको थियो । बरालले लोकतन्त्रको रक्षार्थ पत्रकारिता खरो उत्रनु पर्ने विषयमा पनि जोड दिनु भएको थियो । लोकरिझ्याँइ (डेमागग) प्रवृत्तिले प्राप्त लोकतन्त्रमाथि गरी रहेको हमला विरुद्ध उभिने साहस देखाउनु आजको आवश्यकता हो भन्नु भयो । युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताको अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेरबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गर्नु भयो ।
कार्यक्रममा महालक्ष्मी–६  का वडा अध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी संगठनले सहयोग नगरेको दुखेसो पोख्नु भयो ।
ललितपुर–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले आफ्नो वडामा पत्रकारहरु आएर विकास निर्माणको बारेमा समाचार लेख्न आग्रह गर्नु भयो ।
कोन्ज्योसोम–५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीको रुपमा वर्षौ दुख खेपेको बताउनु भएको थियो । तर अहिले भारदेउ राजधानीको नजिकको पर्यटक स्थल रहेको बताउँदै सो बारेमा उजागार गर्न पत्रकारलाई आग्रह गर्नु भयो ।
वागमती–५ इकुडोलका नवराज तिमल्सिनाले यस्तो कार्यक्रम पालिका स्तरसम्म लैजान अनुरोध गर्नु भयो ।
माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफुले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने बताउनु भयो ।
प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, वागमती प्रदेश सभाका पूर्व सदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेस सेन्टर उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

1708853502716-1708853540.jpg

world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...