jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौः मन्त्री मोक्तान


बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र माग अनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने दाबी गर्नु भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा मंगलबार हेटौंडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रमको उद्घाटन गरेपछि उहाँले सामाजिक विकास मन्त्रालय सबै बर्ग र क्षेत्रको समस्या समाधान गर्न गम्भीर रहेको बताउँनुभयो ।
चालुआवको बजेट तथा कार्यक्रमहरु छिटो र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै मन्त्री मोक्तानले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझावपनि माग  गर्नुभयो । अपाङ्गता भएकाहरुको क्षमता अभिबृद्धीमुलक कार्यक्रम मात्र नभई दक्ष जनशक्ति उत्पादनमुलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिदै मन्त्री मोक्तानले अपाङ्गता भएकाहरुले छिटो र सहज रुपमा सूचना लिन पाउने ब्यवस्था गर्न आफुले पहल गर्नेमा जोड दिनुभयो ।
पछाडी पारिएका समुदायको हकअधिकार बृद्धी गर्न ऐन, कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिएको उहाँले जिकिर गर्नुभयो । ‘प्रकृया अगाडी बढाउँदै जाँदा कहीनकही संविधानले दिएको हकलाई पूर्णता दिन सक्दैन, कतै छुट्ला कि भनेर उहाँहरुलाई मस्यौदा बनाउँन दिएको हो,’ उहाँले भन्नुभयो, ‘बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले असाध्यै महत्वपूर्ण स्थान दिएको छ, महिला, बालबालिका, अपाङ्गता सम्बन्धी नीति, कानून निर्माण गर्दा सम्बन्धित क्षेत्रका गैरसरकारी संघसंस्थालाई मस्यौदा बनाउँन दिएका थियौ ।’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी, एकीकृत समाजवादीकी प्रदेश सांसद मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयकी कानून अधिकृत उषा गौतम, हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय बहिरा महासंघ बागमती प्रदेशका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सन्तोष केसीले प्रस्तुतिकरण गर्नु भएको थियो ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...