pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौः मन्त्री मोक्तान


बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र माग अनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने दाबी गर्नु भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा मंगलबार हेटौंडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रमको उद्घाटन गरेपछि उहाँले सामाजिक विकास मन्त्रालय सबै बर्ग र क्षेत्रको समस्या समाधान गर्न गम्भीर रहेको बताउँनुभयो ।
चालुआवको बजेट तथा कार्यक्रमहरु छिटो र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै मन्त्री मोक्तानले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझावपनि माग  गर्नुभयो । अपाङ्गता भएकाहरुको क्षमता अभिबृद्धीमुलक कार्यक्रम मात्र नभई दक्ष जनशक्ति उत्पादनमुलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिदै मन्त्री मोक्तानले अपाङ्गता भएकाहरुले छिटो र सहज रुपमा सूचना लिन पाउने ब्यवस्था गर्न आफुले पहल गर्नेमा जोड दिनुभयो ।
पछाडी पारिएका समुदायको हकअधिकार बृद्धी गर्न ऐन, कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिएको उहाँले जिकिर गर्नुभयो । ‘प्रकृया अगाडी बढाउँदै जाँदा कहीनकही संविधानले दिएको हकलाई पूर्णता दिन सक्दैन, कतै छुट्ला कि भनेर उहाँहरुलाई मस्यौदा बनाउँन दिएको हो,’ उहाँले भन्नुभयो, ‘बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले असाध्यै महत्वपूर्ण स्थान दिएको छ, महिला, बालबालिका, अपाङ्गता सम्बन्धी नीति, कानून निर्माण गर्दा सम्बन्धित क्षेत्रका गैरसरकारी संघसंस्थालाई मस्यौदा बनाउँन दिएका थियौ ।’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी, एकीकृत समाजवादीकी प्रदेश सांसद मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयकी कानून अधिकृत उषा गौतम, हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय बहिरा महासंघ बागमती प्रदेशका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सन्तोष केसीले प्रस्तुतिकरण गर्नु भएको थियो ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg