Monday, 29 Apr, 2024
समाचार

जनतालाई सेवा दिने विषयमा गम्भिर हुनपर्छ : मन्त्री मोक्तान

1699547030062-1699547049.jpg

सिम्रन खड्का
हेटौंडा २३ कात्तिक/नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनतालाई सेवा दिने विषयमा गम्भिर भएर लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । 

मन्त्री मोक्तानले मर्यादित र जिम्मेवार भएर जनताको सेवामा लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

बिहिबार हेटौंडामा भएको शुभकामना आदानप्रदान सहित अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरुले विभेदकारी ऐन सच्चाउनुपर्ने, राज्यले दिने सेवा सु्विधामा विभेद गर्न नहुने भनाइ राखेका थिए । 

नेकपा माओबादी केन्द्र निकट कर्मचारी र स्वास्थ्यकर्मी संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओबादी केन्द्र मकवानपुर संयोजक तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश सभा सचिवालय सचिव पूर्ण बहादुर दर्जी, शिक्षा निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदी, राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर प्रमुख कृष्ण घिमिरे, शिक्षा बिकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतम, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपमहासचिव अमर लामा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्व केन्द्रिय उपाध्यक्ष  शिब प्रसाद बन्जारा, बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, मार्क्सवादी अध्ययन प्रतिष्ठानका केन्द्रिय सदस्य राजकुमार केसी लगायतको आतिथ्यता थियो ।

प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ को मकवानपुर अध्यक्ष जयाराम रायमाझीले संचालन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन मकवानपुर अध्यक्ष बसन्त कुमार सिटौलाले स्वागत गर्नुभएको थियो ।

नजिकिदै गरेको नेपालीहरुको महानपर्व शुभदिपावली तथा छठ पर्वको अवसरमा बुधबार आयोजना गरिएको शुभकामना आदानप्रदान एवम् जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम राष्ट्रिय कर्मचारी महासंघ मकवानपुरका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको थियो ।


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...