Sunday, 19 May, 2024
शिक्षा

जनकल्याणलाई १२ थान कम्प्युटर

 
शम्भु अधिकारी / इब्ल्याक बोर्ड नामक अमेरिकी संस्था, रोटरी क्लब अफ काठमाण्डौं वेष्ट, विष्ट सेवा समिति तथा अमेरिकामा बसोबास गर्दै आइरहेका अनिस भद्रा र अनिका भद्राको आर्थिक सहयोगमा थाहा नगरपालिकामा अवस्थित जनकल्याण माविलाई एक समारोहबीच १२ थान कम्प्युटर हस्तान्तरण गरिएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको सभाध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमेख गोपाली, थाहा नगरपालिका ३ का वडा अध्यक्ष राजेश केसी, रोटरी क्लब अफ काठमाण्डौं वेष्टका अध्यक्ष मनमोहन कृष्ण श्रेष्ठ, झलकचन्द्र शिक्षा ज्योति छात्रवृत्ति कोषका संरक्षक सुवाषचन्द्र विष्ट, रोटेरियन राजेशकाजी कायस्थ, विष्ट सेवा समिति थाहानगरका अध्यक्ष सुदर्शन विष्ट, लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा रोटरी क्लबले शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवामुलक कार्य गर्दै आइरहेको र त्यसकै निरन्तरता स्वरुप विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा लगाव बढाउनका लागि विद्यालयलाई कम्प्युटर प्रदान गरिएको क्लबका निवर्तमान अध्यक्ष राजेशकाजी कायस्थले बताउनुभयो । जनकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तानले थाहा नगरमा प्राविधिक शिक्षातर्फ लगाव बढिरहेको सन्दर्भमा यस्तो सहयोगले अझ थप हौसला मिलेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । 
कार्यक्रममा जनकल्याण माविलाई अहिले १२ वटा कम्प्युटर प्रदान गरिएको भए पनि आगामी दिनमा ३० वटा पु¥याउने लक्ष रहेको दाताहरुले जानकारी गराएका थिए । विद्यालयको नियमित वार्षिक अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा कम्प्युटर हस्तान्तरण गरिएको हो । सोही अवसरमा २०७४ सालको एसइइ परीक्षामा विद्यालयबाट उत्कृष्ट अंक ल्याउने साधारण र प्राविधिक तर्फका विद्यार्थीहरुलाई झलकचन्द्र शिक्षा ज्योति छात्रवृत्ति प्रदान गरिएको थियो । छात्रवृत्ति पाउनेहरुमा साधारण तर्फका एलिजा विष्ट, विकीकुमार जैसवाल र सञ्जिव तामाङ रहेका छन् भने प्राविधिक तर्फ सुशिल तामाङ, रिया श्रेष्ठ र विमला तामाङ रहेका छन् । छात्रवृत्ति रकमको राशी प्रथमलाई १० हजार ५००, द्वितस्यलाई ७ हजार ५०० र तृतीय हुनेलाई ५ हजार रहेको छ ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...