Saturday, 27 Apr, 2024
थाहा नगर

जनकल्याणका विद्यार्थीलाई पालुङ जेसीजको लक्ष्य निर्धारण तालिम

1711002295094-1711002318.jpg

थाहा नगरपालिका अन्तरगत माध्यामिक तह कक्षा १२ मा  अध्ययनरत विद्यार्थीलाई पालुङ जेसीसले लक्ष्य निर्धारण सम्बन्धि  एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
बिहिवार जनकल्याण मावि थाहा नगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कक्षा १२मा अध्यनरत ५८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।
जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्षहरु जयराम खत्री,मनोज रायमाझी,सुरेन्द्रमान प्रधानको आतिथ्यता रहेको थियो भने,उपाध्यक्ष हरु स्मिता बिष्ट,बिराज थापा,नारायण कार्की,कार्यकारी उपाध्यक्ष नारायण तामाङ,कानुनि सल्लाहकार सुविन्द्रमान प्रधान,कोषाध्यक्ष संजय गोपाली,तथा निवर्तमान अध्यक्ष संगम कार्कीको उपस्तिथि रहेको थियो।
रोशनी गोपालीले संचालन गरेको कार्यक्रममा प्रशिक्षक  कुमार नेगीले विद्यार्थीहरु लाई लक्ष्य निर्धारण गोल सेटिङ सम्बन्धि प्रशिक्षण दिएका थिए।
कार्यक्रम पालुङ जेसीज बर्ष २०२४ का तालिम आयुक्त अजित कार्कीको संयोजकत्वमा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कार्यकारीणी उपाध्यक्ष मानसिं दोङले गरेका थिए।

1711002299557-1711002318.jpg

world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...