pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

जटिल सल्यक्रिया देखि क्यान्सरका औषधि चलाउन प्राविधिकहरु पछि पर्दैन्न:-अबिनाश ठाकुर

Screenshot_20220816-13080-1660640344.png

नेपालमा १८ महिने सह प्राबिधिक र ३० महिने प्राविधिकहरुले गर्ने काम र ५ बर्ष स्नातक गरेर डाक्टर भएकाले गर्ने कामको कुनै भिन्नता छैन जटिल भन्दा जटिल सलिक्रिया देखि क्यान्सरका औषधि चलाउन प्राविधिकहरु पछि पर्दैनन् ।

  बिभिन्न देशहरुमा प्राविधिकलाई निर्धारित कार्यक्षेत्र दिइएको हुन्छ, सलिक्रिया गर्ने , आफुखुसी औषधि दिने , क्यान्सरका औषधि चलाउने जस्ता धेरै कुराको अनुमति हुदैन तर नेपालमा त्यसो स्थिति छैन। १८ महिना सह प्राबिधिक र ३० महिने प्राविधिकहरुलाई भेटेरिनरी नर्स पनि भन्ने गरिन्छ तर काम चाँहि डाक्टर सरह नै गर्छन । मेडिकल क्षेत्र हेर्ने हो भने भेटेरिनरी क्षेत्र निकै पिछडिएको देखिन्छ नर्सको कार्यक्षेत्र नर्सिङ काउन्सिलले तोकेको हुन्छ र नर्सिङ लाइसेन्स पास गरेर मात्र काम गर्ने अनुमति हुन्छ ।

चिकित्सा क्षेत्रमा नर्सहरूले के काम गर्न सक्छन्

भेटेरिनरी ३ बर्षे प्राबिधिक जस्तै ३ बर्षे डिपोमा पास गरेर नर्सिङ पेशामा आबद्ध हुन पाइन्छ । उनिहरुको कार्यक्षेत्र भित्र शारीरिक स्वास्थय परीक्षण गर्ने, बिरामीहरूलाई परामर्श , स्वास्थ्य सम्बन्धित शिक्षा प्रदान गर्ने , प्रयोगशालाका लागि रगत , पिसाव , अन्य तरल पदार्थ संकलन गर्ने , घाउको ड्रेसिङ , तथा ब्यान्डेज गर्ने , डाक्टरले लेखेको औषधि बिरामीहरुलाई समयमा प्रदान गर्ने आदि पर्दछ । 

नर्सले सलिक्रियामा गर्न पाउदैनन् तर अनुभवि स्नातक स्टाफ नर्सहरू शल्यक्रियामा डाक्टरहरूसँग प्रत्यक्ष रूपमा काम गर्छन्, एनेस्थेसिया दिने , रक्तस्राव नियन्त्रण गर्न मद्दत गर्ने , जटिलताहरूको संकेतहरु हेर्ने, टाँकाहरू लगाउने , ब्यान्डेज लगाउने, शल्यक्रियाको समयमा आवश्यक पर्ने कुनै पनि तरिकामा सहयोग गर्ने गर्दछ तर डिपोमा ३ बर्षे नर्स (पि.सि.एल) ले सलिक्रियामा हिस्सा लिन पाउदैनन् ।

स्नातक गरेका नर्सहरुले पनि औषधि लेखन , सलिक्रिया गर्न , क्यान्सरको औषधि चलाउन जस्ता काम हरु पाउदैनन् 

सरकार द्वारा पशु चिकित्सा प्राविधिकहरूको नियमन गर्न निकाय छैन

नेपालमा प्राबिधिक काउन्सिल छैन प्राविधिकको कामलाई नियमन गर्ने कुनै पनि निकाय छैन जसले जो गर्दा पनि भएको छ , कति पए प्राबिधिक आफुलाई डाक्टर सम्म भन्छन र डाकटरि गर्दै हिडछन। बेला बखत सानो स्वरमा प्रबिधक काउन्सिल हुनुपर्ने आवाज त उठ्छ तर कार्यान्वय हुन सकेको छैन । भेटेरिनरी डाक्टरको लाइसेन्स परिक्षा हुने तर प्राविधिकहरुको नहुने, तर काम उस्तै भए डाक्टरले काउन्सिल पास गरेर उपचार गर्न पाउनुको के औचित्य। यो भेटेरिनरी पेशा माथिको भद्दा मजाक र विभेदकारी हो ।

हाम्रो छिमेकी देश भारतमा   प्राविधिकको कार्यक्षेत्र बिभाजन गरिएको छ , प्राविधिकले स्वास्थय परिक्षण , प्रजनन् , खसि बनाउने , प्राथमिक औषधि उपचार , भ्याक्सिन , बाझो पन निवारण आदि काम गर्न पाउने अधिकार छ ।

सह भेटेरिनरी प्राविधिक र भेटेरिनरी प्राविधिकहरूको कामप्रति CTEVT को मार्गदर्शन

 

३० महिने प्राबिधिक र १८ महिने सह प्राविधिकलाई भेटेरिनरी आधारभुत शिक्षा मात्र प्रदान गरिन्छ , सि.टि.इ.भी.टिको कोर्षमा प्राबिधिक वा सह प्राविधिकलाई शल्यक्रियामा डाक्टरहरूसँग प्रत्यक्ष रूपमा काम गर्न , एनेस्थेसिया दिन, डाक्टरले लेखेका औषधि प्रयोग गर्न टाँकाहरू लगाउन, ब्यान्डेज लगाउन, प्रयोगशालाको लागि रगत , पिसाब , दुध संकलन गर्ने जस्ता काम गर्न पाउने प्राबधान उल्लेखित गरिएको छ भने कुनै प्रकारको सलिक्रया गर्ने , क्यान्सरको औषधि चलाउने , अल्ट्रासाउन्ड मेसिन चलाउने , कुखुरा बाहेक पोस्टमार्टम गर्ने , डाक्टरको प्रसकिपसन बिनाको औषधि चलाउने अधिकार दिइएको छैन 

 

नेपालमा पशु चिकित्सक प्राविधिकहरूले गरेको कसुर

कति पय सरकारी कार्यलयमा प्राविधिकहरु जटिल भन्दा जटिल सलिक्रिया गर्न पछि पर्दैनन् आलुबाट कुहिएका भाग काटेर फालेको जस्तो सलिक्रिया ठान्छन् र गर्छन कति ठाँउमा सियो धागोले घाउ सिलाइएको घटना पनि सुनिएको छ। सलिक्रिया गर्नका लागि रक्तस्राव नियन्त्रण बिधि , शारिरिक संरचना ,फ्र्याक्चर प्रकारहरू , सविन (सुचर) प्रकारहरू , फिजियोलोजी , घाउ निको पार्ने प्रविधि , सिलाई(सुचर) प्रविधिहरुको बिस्तृत ज्ञान हुनुपर्छ तर यो बारे कुनै आधारभुत ज्ञान पनि नभइ सलिक्रिया गर्नु पशुको जिवन संग खेलिनु हो यसले समाजमा पशु चिकित्सकको नकारात्मक छविको बिकास गर्छ ।

 

यसै गरि  बिभिन्न पशु कल्याणकारी संघ संस्था आबद्ध प्राविधिकहरुले “भिनकिर्सटिन” भनेने क्यान्सरमा प्रयोग हुने औषधि बाटोको कुकुरहरूलाई पाठेघर क्यान्सर भएको बेलामा बिना कुनै सुरक्षा अपनाई प्रयोग गरिएको पाइएको छ , यो औषधि प्रयोग गर्दा बिशेष सुरक्षा अपनाउनु पर्छ  र बाटो मा प्रयोग गर्न हुदैन तर कति पय प्राविधिकहरुले व्यस्त सहरमा बिना कुनै सुरक्षा उपकरण प्रयोग गरि नकारात्मक असरलाई खायल नगरि प्रयोग गर्ने गरेको छन ।

यो औषधि निकै खतरनाक हुन्छ र  कुकुरहरूको पिसाब र दिसामा ३ दिन सम्म यो औषधिको रेडियोधर्मी विकिरणहरू पाइन्छन् र कुकुरको दिसा र पिसाबका सम्पर्कका कुनै कुकुरहरू आए उनिहरुलाई नि क्यान्सर सर्ने सम्भावना हुन्छ र साना बच्चाहरु तथा जो कोहि मान्छेहरु रेडियोधर्मी विकिरणहरू सम्पर्कका आउ बाँझ पन , रक्तअल्पता क अन्य बिभिन्न रोग निम्त्याउन सक्छ ।

सरकारले यस सम्बन्धि कानुन बनाउन जरुरी छ र प्राविधिकको कार्यक्षेत्र निर्धारण गर्न जरुरी छ ।

अबिनाश ठाकुर

अध्यक्ष

नेपाल भेटेरिनरी विद्यार्थि संघ

+९७७-९८६०९३७६६२

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg