pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

जटिल सल्यक्रिया देखि क्यान्सरका औषधि चलाउन प्राविधिकहरु पछि पर्दैन्न:-अबिनाश ठाकुर

Screenshot_20220816-13080-1660640344.png

नेपालमा १८ महिने सह प्राबिधिक र ३० महिने प्राविधिकहरुले गर्ने काम र ५ बर्ष स्नातक गरेर डाक्टर भएकाले गर्ने कामको कुनै भिन्नता छैन जटिल भन्दा जटिल सलिक्रिया देखि क्यान्सरका औषधि चलाउन प्राविधिकहरु पछि पर्दैनन् ।

  बिभिन्न देशहरुमा प्राविधिकलाई निर्धारित कार्यक्षेत्र दिइएको हुन्छ, सलिक्रिया गर्ने , आफुखुसी औषधि दिने , क्यान्सरका औषधि चलाउने जस्ता धेरै कुराको अनुमति हुदैन तर नेपालमा त्यसो स्थिति छैन। १८ महिना सह प्राबिधिक र ३० महिने प्राविधिकहरुलाई भेटेरिनरी नर्स पनि भन्ने गरिन्छ तर काम चाँहि डाक्टर सरह नै गर्छन । मेडिकल क्षेत्र हेर्ने हो भने भेटेरिनरी क्षेत्र निकै पिछडिएको देखिन्छ नर्सको कार्यक्षेत्र नर्सिङ काउन्सिलले तोकेको हुन्छ र नर्सिङ लाइसेन्स पास गरेर मात्र काम गर्ने अनुमति हुन्छ ।

चिकित्सा क्षेत्रमा नर्सहरूले के काम गर्न सक्छन्

भेटेरिनरी ३ बर्षे प्राबिधिक जस्तै ३ बर्षे डिपोमा पास गरेर नर्सिङ पेशामा आबद्ध हुन पाइन्छ । उनिहरुको कार्यक्षेत्र भित्र शारीरिक स्वास्थय परीक्षण गर्ने, बिरामीहरूलाई परामर्श , स्वास्थ्य सम्बन्धित शिक्षा प्रदान गर्ने , प्रयोगशालाका लागि रगत , पिसाव , अन्य तरल पदार्थ संकलन गर्ने , घाउको ड्रेसिङ , तथा ब्यान्डेज गर्ने , डाक्टरले लेखेको औषधि बिरामीहरुलाई समयमा प्रदान गर्ने आदि पर्दछ । 

नर्सले सलिक्रियामा गर्न पाउदैनन् तर अनुभवि स्नातक स्टाफ नर्सहरू शल्यक्रियामा डाक्टरहरूसँग प्रत्यक्ष रूपमा काम गर्छन्, एनेस्थेसिया दिने , रक्तस्राव नियन्त्रण गर्न मद्दत गर्ने , जटिलताहरूको संकेतहरु हेर्ने, टाँकाहरू लगाउने , ब्यान्डेज लगाउने, शल्यक्रियाको समयमा आवश्यक पर्ने कुनै पनि तरिकामा सहयोग गर्ने गर्दछ तर डिपोमा ३ बर्षे नर्स (पि.सि.एल) ले सलिक्रियामा हिस्सा लिन पाउदैनन् ।

स्नातक गरेका नर्सहरुले पनि औषधि लेखन , सलिक्रिया गर्न , क्यान्सरको औषधि चलाउन जस्ता काम हरु पाउदैनन् 

सरकार द्वारा पशु चिकित्सा प्राविधिकहरूको नियमन गर्न निकाय छैन

नेपालमा प्राबिधिक काउन्सिल छैन प्राविधिकको कामलाई नियमन गर्ने कुनै पनि निकाय छैन जसले जो गर्दा पनि भएको छ , कति पए प्राबिधिक आफुलाई डाक्टर सम्म भन्छन र डाकटरि गर्दै हिडछन। बेला बखत सानो स्वरमा प्रबिधक काउन्सिल हुनुपर्ने आवाज त उठ्छ तर कार्यान्वय हुन सकेको छैन । भेटेरिनरी डाक्टरको लाइसेन्स परिक्षा हुने तर प्राविधिकहरुको नहुने, तर काम उस्तै भए डाक्टरले काउन्सिल पास गरेर उपचार गर्न पाउनुको के औचित्य। यो भेटेरिनरी पेशा माथिको भद्दा मजाक र विभेदकारी हो ।

हाम्रो छिमेकी देश भारतमा   प्राविधिकको कार्यक्षेत्र बिभाजन गरिएको छ , प्राविधिकले स्वास्थय परिक्षण , प्रजनन् , खसि बनाउने , प्राथमिक औषधि उपचार , भ्याक्सिन , बाझो पन निवारण आदि काम गर्न पाउने अधिकार छ ।

सह भेटेरिनरी प्राविधिक र भेटेरिनरी प्राविधिकहरूको कामप्रति CTEVT को मार्गदर्शन

 

३० महिने प्राबिधिक र १८ महिने सह प्राविधिकलाई भेटेरिनरी आधारभुत शिक्षा मात्र प्रदान गरिन्छ , सि.टि.इ.भी.टिको कोर्षमा प्राबिधिक वा सह प्राविधिकलाई शल्यक्रियामा डाक्टरहरूसँग प्रत्यक्ष रूपमा काम गर्न , एनेस्थेसिया दिन, डाक्टरले लेखेका औषधि प्रयोग गर्न टाँकाहरू लगाउन, ब्यान्डेज लगाउन, प्रयोगशालाको लागि रगत , पिसाब , दुध संकलन गर्ने जस्ता काम गर्न पाउने प्राबधान उल्लेखित गरिएको छ भने कुनै प्रकारको सलिक्रया गर्ने , क्यान्सरको औषधि चलाउने , अल्ट्रासाउन्ड मेसिन चलाउने , कुखुरा बाहेक पोस्टमार्टम गर्ने , डाक्टरको प्रसकिपसन बिनाको औषधि चलाउने अधिकार दिइएको छैन 

 

नेपालमा पशु चिकित्सक प्राविधिकहरूले गरेको कसुर

कति पय सरकारी कार्यलयमा प्राविधिकहरु जटिल भन्दा जटिल सलिक्रिया गर्न पछि पर्दैनन् आलुबाट कुहिएका भाग काटेर फालेको जस्तो सलिक्रिया ठान्छन् र गर्छन कति ठाँउमा सियो धागोले घाउ सिलाइएको घटना पनि सुनिएको छ। सलिक्रिया गर्नका लागि रक्तस्राव नियन्त्रण बिधि , शारिरिक संरचना ,फ्र्याक्चर प्रकारहरू , सविन (सुचर) प्रकारहरू , फिजियोलोजी , घाउ निको पार्ने प्रविधि , सिलाई(सुचर) प्रविधिहरुको बिस्तृत ज्ञान हुनुपर्छ तर यो बारे कुनै आधारभुत ज्ञान पनि नभइ सलिक्रिया गर्नु पशुको जिवन संग खेलिनु हो यसले समाजमा पशु चिकित्सकको नकारात्मक छविको बिकास गर्छ ।

 

यसै गरि  बिभिन्न पशु कल्याणकारी संघ संस्था आबद्ध प्राविधिकहरुले “भिनकिर्सटिन” भनेने क्यान्सरमा प्रयोग हुने औषधि बाटोको कुकुरहरूलाई पाठेघर क्यान्सर भएको बेलामा बिना कुनै सुरक्षा अपनाई प्रयोग गरिएको पाइएको छ , यो औषधि प्रयोग गर्दा बिशेष सुरक्षा अपनाउनु पर्छ  र बाटो मा प्रयोग गर्न हुदैन तर कति पय प्राविधिकहरुले व्यस्त सहरमा बिना कुनै सुरक्षा उपकरण प्रयोग गरि नकारात्मक असरलाई खायल नगरि प्रयोग गर्ने गरेको छन ।

यो औषधि निकै खतरनाक हुन्छ र  कुकुरहरूको पिसाब र दिसामा ३ दिन सम्म यो औषधिको रेडियोधर्मी विकिरणहरू पाइन्छन् र कुकुरको दिसा र पिसाबका सम्पर्कका कुनै कुकुरहरू आए उनिहरुलाई नि क्यान्सर सर्ने सम्भावना हुन्छ र साना बच्चाहरु तथा जो कोहि मान्छेहरु रेडियोधर्मी विकिरणहरू सम्पर्कका आउ बाँझ पन , रक्तअल्पता क अन्य बिभिन्न रोग निम्त्याउन सक्छ ।

सरकारले यस सम्बन्धि कानुन बनाउन जरुरी छ र प्राविधिकको कार्यक्षेत्र निर्धारण गर्न जरुरी छ ।

अबिनाश ठाकुर

अध्यक्ष

नेपाल भेटेरिनरी विद्यार्थि संघ

+९७७-९८६०९३७६६२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...