jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

चौथो अन्तराष्ट्रिय सोसल अर्वाड बाकुमा हुने मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने

Screenshot_20220808-17210-1659958609.png

हेटौंडा / क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा अजरबैजानको राजधानी बाकुमा चौंथो अन्तराष्ट्रिय सोसल अर्वाड (International Social Award-2022 हुने भएको छ । 
पर्यटकीय हिसाबले निक्कै चर्चित देश अजरबैजानमा हुने अवार्ड कार्यक्रममा मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने छन् । २०७९ भदौं २७ गते अर्थात १२ सेप्टेम्बर २०२२ देखी २०७९ असोज ३ अर्थात १९ सेप्टेम्बर २०२२ सम्म अजरबैजान (बाकु) र दुबई भ्रमण सङ्गै अर्वाड कार्यक्रम पनि हुने पत्रकार सम्मेलनमा बताईएको छ । मुख्य कार्यक्रम भने २०७९ भदौ २९ गते अर्थात १३ सेप्टेम्बर २०२२ दिन अजरबैजानको राजधानी बाकुमा हुने क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो । 
क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्राली सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था हो । 
पहिलो पटक रेडियो सन्देश १०६.९ मेगाहर्ज र बिगत १८ बर्षदेिख मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिकको १६ औं बार्षिकउत्सवको अवसरमा थाईल्याण्डको बैंककमा भव्य रुपमा सन्देश ईन्टरनेशनल अर्वाड आयोजना गरिएको थियो ।  दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड मलेसिया / सिङ्गापुरमा र तेस्रो अवार्ड कार्यक्रम दुवईमा भव्यताका साथ सम्पन्न गरिसकेको खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 
यस अघि सन्देश ईन्टरनेशनल अर्वाड नाम गरिएको अर्वाडको नाम परिवर्तनगरी International Social Award–2022 बनाईएको हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अर्वाडका विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै बिधा समेट्ने उद्येश्यले अर्वाडको नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।
बिगतका बर्षहरु झैं यसबर्ष पनि विभिन्न क्षेत्रमा कृयाधिल राष्ट्रिय तथा अन्तराष्ट्रीय व्यक्तित्वहरु लाई विभिन्न विधामा अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कार्यक्रममा नेपाल बाहेक युरोप, जापान, अमेरिका, थाईल्याण्ड, कतार, मलेसिया, सिङ्गापुर, ओमान, चाईना सहित बिभिन्न देशबाट सहभागिता हुने जानकारी दिईएको छ । 
कार्यक्रममा अजरबैजान र दुबईको बिभिन्न संघ / संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी गरी करिब २ सय जनाको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । 
कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, सञ्चारकर्मीहरु,  राजनैतिक दलका नेता, जनप्रतिनिधिहरु, सांसद, बिभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी लगायत सहभागी हुने भएका छन् । 
कार्यक्रममा बिभिन्न २५ विधामामा २५ जना व्यक्तित्वलाई चौथो अन्तराष्ट्रिय सोसल अर्वाड (International Social Award-2022) र राष्ट्रिय सम्मानबाट सम्मान गरिने बताईएको छ । अवार्ड सङ्गै अजरबैजान र युएईको विभिन्न पर्यटकीय स्थान र सञ्चारगृहको भ्रमण, अध्ययन तथा अवलोकन पनि गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कार्यक्रम ७ दिनको हुने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, सामुदायिक सञ्चार समूहका उपाध्यक्ष रामचन्द्र पौडेल, सचिव सन्तोष आचार्य, कोषाध्यक्ष सुदर्शन पाठक, कार्यसमिति सदस्य राजु घिमिरे, अवार्ड निर्णायक ज्ञानेन्द्र बर्तौला, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस चौतारी नेपालका नेता प्रकाश दाहाल, सरिता दाहाल, रिपेश दाहाल मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार महासघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, सदस्य बलराम पुडासैनी, प्रदेश पार्षद गणेश दर्पण अधिकारी प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुव ढकाल लगायत विभिन्न सञ्चारगृहमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
अनलाइन गुगल फाराम भरेर पनि अवार्ड कार्यक्रममा सहभागी हुन सकिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अनलाइन मार्फत आएका आवेदन अध्ययन गरेर अवार्ड प्रदान गरिने निर्णायक ज्ञानेन्द्र बर्तौलाले जानकारी दिनुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...