jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

चैतसम्म भैसेभिमफेदी सडक निर्माण सम्पन्न हुन्छ :- मुख्यमन्त्री जम्कट्टेल

1705501640039-1705501735.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी हेटौंडा र काठमाडौं जोड्ने भैसे भिमफेदी सडकखण्ड अबको करिब ३ महिनाभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ । आज ११.५१ किलोमिटर लम्बाई रहेको उक्त सडकखण्डको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
डबल लेनको ११ दशमलव ५१ किलोमिटर लम्बाई रहेको सडकको अनुगमनको क्रममा उहाँले आफुले प्रदेश सरकारको कार्यभार सम्हाल्दै गर्दा उक्त सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको जानकारी दिनुभयो । २०७७ सालमा निर्माण सुरु गरिएको भीमफेदी सडक संघीय राजधानी र तराई जोड्ने मार्गको रुपमा रहेको छ । 
सडकको अनुगमन गर्दै बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युबराज दुलालले विगतमा मुआब्जाको समस्याले निर्माण कार्य ढिलो भएपनि स्थानीय जनतासँगको छलफल पश्चात ठेक्का लगाएकाले निर्माण कार्यले गति लिएको बताउनुभयो । भैसे भीमफेदी सडकको ८० प्रतिशत काम सकिएको बताउँदै अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सडक चौडा र टेवा पर्खाल, ड्ेन सहित करिव ९५ प्रतिशत काम सकिएको छ । हालसम्म २ किलोमिटर कालोपत्रे निर्माण पनि सम्पन्न भएको छ ।
त्यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताले आफ्नो गाउँ विकास गर्न सरकारलाई सहयोग गरेको कारण सडक निर्माण काम छिटो भएको बताउनुभयो ।
बागमती प्रदेश यातायात पूर्बाधार निर्देशनालयका ईञ्जिनियर हरीप्रसाद ओझाले अनुमानित लागत ६३ करोड ७० लाख ६५ हजार ४ सय ४७ रुपैंया ५ पैसा रहेकोमा ३८ करोड ७८ लाख ८ सय ९७ रुपैंयामा सम्झौता गराएर काम भईरहेको जानकारी दिनुभयो । उक्त सडकमा पर्ने पाँच पुल मध्ये ४ वटा निर्माणाधिन अवस्थामा रहेको छ भने एकवटा पुल निर्माण सम्पन्न भईसकेको ओझाले बताउनुभयो । २०७७ साल असार २४ गते ठेक्का लगाएको आयोजनाको दुई पटक म्याद थप थप भएकोमा अब काम अन्तिम चरणमा रहेको ओझाको भनाई छ । 
अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री यूवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान सहित आयोजनाका कर्मचारीहरु समेत रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...