Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

चिनियाँ राजदूत छन् सङ सक्रिय, बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटे

Chen-Song-Chinese-Embassa-1677044586.jpg

काठमाडौँ — नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय बनाएका छन् । राजदूत छन् बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन

 

 निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत छन्‌ले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।

 

 

नेपाल आएपछि राजदूत छन्‌को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो । यसअघि उनीहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताबारे जानकारी दिँदै राजदूत छन् बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको बताए । चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुँदै छ । परराष्ट्र स्रोतका अनुसार उक्त निम्तो दाहाललाई यसअघि नै निम्तो आइसकेको हो र उक्त फोरममा जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ ।

राजदूत छन्‌ले यसअघि शुक्रबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसबेला प्रधानमन्त्री दाहालले ओलीलाई भेटेर निस्केलगत्तै चिनियाँ राजदूत छन् ओली निवासमा दूतावासका आफ्ना दुई अधिकारीहरूसहित पुगेका थिए ।

राष्ट्रपति निर्वाचनको सम्बन्धमा भारतपछि चीनले पनि आफ्नो सक्रियता देखाएको हो । भारतका विदेश सचिव विनयमोहन क्वात्राले फागुनको १ र २ मा भएको दुईदिने औपचारिक भ्रमणका दौरानमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसहित एक दर्जनभन्दा बढी नेताहरुसँग भेटवार्ता गरेका थिए । क्वात्राले प्रधानमन्त्री दाहालँग फागुन १ गत राती करिब दुई घण्टा ‘वान टु वान’ गोप्य वार्ता गरेर फर्केका थिए ।

 

उक्त भ्रमण भएको तीन दिनपछि सत्ता गठबन्धनको मुख्य साझेदार एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न राजदूत छन् पुगेका थिए । आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न आएपछि चिनियाँ राजदूत छन्‌ले प्रधानमन्त्री दाहालभन्दा अघि ओलीलाई मात्र दुईपटक भेटेका हुन् । यस अघि राजदूत छन् र ओलीबीच बालकोटमै माघ ४ मा भएको थियो ।

योसँगै चीनले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनमा चासो दिएको संकेत गरेको छ ।

चीनले यस्तै सक्रियता एमाले र माओवादी मिलेर बनेको नेकपा निर्माण र त्यसलाई जोगाउने क्रममा देखाएको थियो । त्यस बेला नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपा एकीकरण गर्न र पछि नेकपालाई जोगाई राख्न घरदैलो गरेकी थिइन् । चिनियाँ चासोका बाबजुद तत्कालीन नेकपा टिकिरहन सकेन । स्रोतका अनुसार चीन लामो समयदेखि वामगठबन्धन चालिरहेको छ । ‘त्यहीअनुसार नेकपा बन्न र त्यस बेलाको नेकपा विवाद मिलाउनको लागि चीनले भूमिका खेलेको थियो,’ चीनलाई नजिकबाट बुझेका एक अधिकारीले भने,‘अहिले वामगठबन्धनकै सरकार टिकाउन र राष्ट्रपतिको चयन पनि साझेदारीमै हुँदा चीनले राम्रो ठान्छ ।’

चिनियाँ राजदूत छन्‌को सक्रियता र भारतीय राजदूत क्वात्राको नेपाल भ्रमण अघि काठमाडौंमा अमेरिकाका तीन वरिष्ठ अधिकारीहरुले नेपालको भ्रमण गरेका थिए भने बेलायत र युरोपेली संघबाट पनि भ्रमण भएको थियो । अमेरिकासहित पश्चिमा मुलुकले नेपालबारे चासो राखे पनि उनीहरुले नेपालका अधिकारीहरुसँग गोप्य रुपमा भेटवार्ता गरेका थिएनन् । तर क्वात्राले प्रधानमन्त्री दाहालसँग र चिनियाँ राजदूत छन्‌ल् ओली र दाहालसँग गोप्त भेटवार्ता गरिरहेका छन् । दाहालको गोप्य भेटवार्ताहरु र ओलीको भेटवार्तामा कुनै पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरु समेत सामेल गरिएको छैनन् । साथै, भारतीय विदेश सचिव क्वात्राले कांग्रेस सभापति शेरबहादुर देउवालाई फागुन १ मा भेट्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरु सामेल थिएनन् ।इकान्तिपुर बाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg