jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

चिनियाँ राजदूत छन् सङ सक्रिय, बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटे

Chen-Song-Chinese-Embassa-1677044586.jpg

काठमाडौँ — नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय बनाएका छन् । राजदूत छन् बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन

 

 निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत छन्‌ले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।

 

 

नेपाल आएपछि राजदूत छन्‌को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो । यसअघि उनीहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताबारे जानकारी दिँदै राजदूत छन् बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको बताए । चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुँदै छ । परराष्ट्र स्रोतका अनुसार उक्त निम्तो दाहाललाई यसअघि नै निम्तो आइसकेको हो र उक्त फोरममा जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ ।

राजदूत छन्‌ले यसअघि शुक्रबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसबेला प्रधानमन्त्री दाहालले ओलीलाई भेटेर निस्केलगत्तै चिनियाँ राजदूत छन् ओली निवासमा दूतावासका आफ्ना दुई अधिकारीहरूसहित पुगेका थिए ।

राष्ट्रपति निर्वाचनको सम्बन्धमा भारतपछि चीनले पनि आफ्नो सक्रियता देखाएको हो । भारतका विदेश सचिव विनयमोहन क्वात्राले फागुनको १ र २ मा भएको दुईदिने औपचारिक भ्रमणका दौरानमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसहित एक दर्जनभन्दा बढी नेताहरुसँग भेटवार्ता गरेका थिए । क्वात्राले प्रधानमन्त्री दाहालँग फागुन १ गत राती करिब दुई घण्टा ‘वान टु वान’ गोप्य वार्ता गरेर फर्केका थिए ।

 

उक्त भ्रमण भएको तीन दिनपछि सत्ता गठबन्धनको मुख्य साझेदार एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न राजदूत छन् पुगेका थिए । आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न आएपछि चिनियाँ राजदूत छन्‌ले प्रधानमन्त्री दाहालभन्दा अघि ओलीलाई मात्र दुईपटक भेटेका हुन् । यस अघि राजदूत छन् र ओलीबीच बालकोटमै माघ ४ मा भएको थियो ।

योसँगै चीनले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनमा चासो दिएको संकेत गरेको छ ।

चीनले यस्तै सक्रियता एमाले र माओवादी मिलेर बनेको नेकपा निर्माण र त्यसलाई जोगाउने क्रममा देखाएको थियो । त्यस बेला नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपा एकीकरण गर्न र पछि नेकपालाई जोगाई राख्न घरदैलो गरेकी थिइन् । चिनियाँ चासोका बाबजुद तत्कालीन नेकपा टिकिरहन सकेन । स्रोतका अनुसार चीन लामो समयदेखि वामगठबन्धन चालिरहेको छ । ‘त्यहीअनुसार नेकपा बन्न र त्यस बेलाको नेकपा विवाद मिलाउनको लागि चीनले भूमिका खेलेको थियो,’ चीनलाई नजिकबाट बुझेका एक अधिकारीले भने,‘अहिले वामगठबन्धनकै सरकार टिकाउन र राष्ट्रपतिको चयन पनि साझेदारीमै हुँदा चीनले राम्रो ठान्छ ।’

चिनियाँ राजदूत छन्‌को सक्रियता र भारतीय राजदूत क्वात्राको नेपाल भ्रमण अघि काठमाडौंमा अमेरिकाका तीन वरिष्ठ अधिकारीहरुले नेपालको भ्रमण गरेका थिए भने बेलायत र युरोपेली संघबाट पनि भ्रमण भएको थियो । अमेरिकासहित पश्चिमा मुलुकले नेपालबारे चासो राखे पनि उनीहरुले नेपालका अधिकारीहरुसँग गोप्य रुपमा भेटवार्ता गरेका थिएनन् । तर क्वात्राले प्रधानमन्त्री दाहालसँग र चिनियाँ राजदूत छन्‌ल् ओली र दाहालसँग गोप्त भेटवार्ता गरिरहेका छन् । दाहालको गोप्य भेटवार्ताहरु र ओलीको भेटवार्तामा कुनै पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरु समेत सामेल गरिएको छैनन् । साथै, भारतीय विदेश सचिव क्वात्राले कांग्रेस सभापति शेरबहादुर देउवालाई फागुन १ मा भेट्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरु सामेल थिएनन् ।इकान्तिपुर बाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...