Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

चित्लाङ–चन्द्रागिरि सडक स्तरोन्नति गर्न ४० करोड स्रोत सुनिश्चित
यस वर्ष सरकारले सडक डिभिजन काठमाडौंले योजना कार्यान्वयन गर्ने गरी ४० करोड बराबरको स्तरीकरणको काम गर्दै छ ।

FB_IMG_1734590308203-1740405307.jpg

फोटो फाइल

काठमाडौंबाट मकवानपुर हेटौंडा, थाहा नगरपालिका जोड्ने ‘गणेशमान सिंह मार्ग’ सडकको चित्लाङ–चन्द्रागिरि खण्डको स्रोत सुनिश्चित भएको छ ।
यस वर्ष सरकारले सडक डिभिजन काठमाडौंले योजना कार्यान्वयन गर्ने गरी ४० करोड बराबरको स्तरीकरणको काम गर्दै छ । १५ करोड बराबरको ठेक्का दुई साताअघि लागेको थियो भने अहिले पुनः उक्त सडकमा २५ करोडको ठेक्का लगाउने गरी आज सोमबार सर्वेक्षण भएको हो ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो वर्ष ठेक्का प्रक्रियाका लागि १० प्रतिशत रकम सहित २५ करोडको थप सहमति दिएको हो ।
४० करोड आवश्यक रहेकोमा १५ करोड बराबरको ठेक्का लागिसकेको छ । थप २५ करोडको पनि स्रोत सुनिश्चत गरेर अर्थ मन्त्रालयले सहमति दिएको हो । यसबाट केही छुटपुट बाहेक चन्द्रागिरि–चित्लाङ खण्ड सहज हुन्छ,’ भण्डारीले  भने, ‘स्रोत तय भएसँगै डिभिजन सडकले आजै सर्वेक्षण समेत गरेको छ ।’
काठमाडौं चन्द्रागिरिबाट मकवानपुर चित्लाङ जोड्ने २२ किलोमिटर लामो गणेशमान सिंह मार्ग डरलाग्दो छ । थानकोटबाट सुरु हुने यो सडक चन्द्रागिरि पहाडसम्म उकालो छ, त्यसपछि ओरालो झरेर चित्लाङ पुग्छ । यो सडकको अप्ठेरो भाग थानकोटदेखि चन्द्रागिरि डाँडासम्म छ । त्यसपछि तुलनात्मक सजिलो छ ।
वर्षामा हिलो र हिउँदमा धुलोका कारण दैनिक हजारौं यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विभागले यसअघि बजेट अभावमा काम गर्न नसकेको बताउँदै आएको थियो । 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...