Friday, 03 May, 2024
समाचार

चालु आव मै थानकोट-चन्द्रागिरि-चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ- प्रधानमन्त्री दाहाल

1705544536419-1705544609.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थानकोट-चन्द्रागिरि-चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका छन् ।

गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमा बजेट अभावका कारण दैनिक हजारौँले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताहरूले ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष (आव) मै बजेट व्यवस्थापन हुने विश्वास दिलाए ।

बुधबार नेकपा एमालेका सचेतकसमेत रहेका उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य महेश बर्तौला नेतृत्वमा नेकपा एमाले, नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरूले सामूहिक भेट गर्दै समस्या समाधान हुनुपर्ने बताएका थिए ।

बर्तौलासहित पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारी, संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, काँग्रेस नेता जयराम लामिछाने, थाहा नगरपालिका मेयर विष्णु विष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलगायतले प्रधानमन्त्रीलाई भेटेर बजेट माग गर्दै धरापमुक्त सडक बनाउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले चित्लाङ सडकको महत्वबारे जानकारी रहेको भन्दै सरकारले आवश्यक बजेट उपलब्ध गराउने जानकारी दिएको पनि बर्तौलाले बताए ।


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...