jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

चर्को बिरोध पछि सच्यायो थाहानगर शिक्षा शाखाले सूचना

असोज १/थाहा नगरपालिका शिक्षा शाखाले भदौ २९ गते एक सूचना प्रकाशन गर्‍यो । नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले हस्ताक्षर गरेको सूचनामा निजि तथा आवासीय बिद्यालय अर्गनाईजेसन नेपाल  थाहा नगर कमिटीको पत्र अनुसार थाहा नगरपालिकाका निजी तथा सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु नयाँ बिद्यालयमा भर्ना गर्दा स्थानान्तरण प्रमाणपत्र बिना नै भर्ना गर्ने गरेको र ती बालबालिकाले पुरानो बिद्यालयमा अध्ययन रहँदाको बक्यौता बाँकी राखी अन्य बिद्यालयमा गएकोले समस्या भएको हुँदा स्थानान्तरण प्रमाणपत्र बिना भर्ना नगर्न निर्देशन दिईएको छ ।

उक्त सुचनाका सन्दर्भमा नागरिक समाजबाट चर्को बिरोध आएपछि नगरपालिकाले उक्त सुचनालाई असोज १ गते शुक्रबार सच्याएको छ ।

नगर शिक्षा अधिकारी रेग्मीले एक बिद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी अर्को बिद्यालयमा अध्ययन गर्न जाँदा स्थानान्तरण प्रमाणपत्र अनिवार्य भएको र निजि तथा आवासीय बिद्यालय अर्गनाईजेसन नेपाल थाहा नगर कमिटीको पत्र अनुसारको निर्देशन दिएको बताउनुभयो ।

शिक्षा शाखाले शुक्रबार अर्को सूचना जारी गरि थाहा नगरपालिका शिक्षा शाखाको भदौ २९ को सूचनाको बारेमा  हाल सामाजिक सञ्जालमा  भैरहेका सबैखाले टिक्का टिप्पणीलाई सुझाबका रुपमा ग्रहण गर्दै प्रस्तुत सूचनामा संस्थागत विद्यालयहरुको संस्था (PABSON) बाट प्राप्त अनुरोध पत्रको केहि बुँदा ध्यानाकर्षण स्वरुप र बाँकी विषय विद्यार्थी भर्ना सम्बन्धी हाल प्रचलित नियम कानुनको ब्याख्या गरिएको  र उक्त सूचना नियोजितरुपमा काखा पाखा, आर्थिक विषय, राजनीतिक अभिप्राय बाट प्रेषित होइन विद्यालयले बिद्यार्थी भर्ना गर्दा अपनाउन सकिने अन्तिम बैकल्पिक श्रेणी मापन विधिलाई यसले पूर्णरुपमा निस्तेज गरेको छैन। यस विषयमा नगर शिक्षा समिति, बिद्यालय ब्यवस्थापन समिति वअध्यक्ष, प्रधानाध्यापक, सरोकारवाला सबैको  राय सुझाबका साथ  अगाडि बढ्न सकिने  हुनाले संयमित हुन सबैमा अनुरोध छ भनिएको छ ।


बिद्यार्थीको अध्ययन गर्न पाउने नैसर्गिक हक र माध्यमिक तहसम्म अध्ययन निशुल्क हुने भन्ने नेपालको संबिधान बिपरित शिक्षा शाखाले सूचना प्रकाशन गरेकोमा चर्को बिरोध भएको थियो ।

उक्त सूचनाको सन्दर्भमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) थाहा नगर कमिटि र वाइसीएल थाहानगर कमिटिले बिज्ञप्ति प्रकाशन सहित नगरपालिकाम ज्ञापनपत्र बुझाएर बिरोध गरेको थियो । त्यस्तै राप्रपा नेपाल थाहा नगर कमिटि, युवा संघ नेपाल, नेपाली काङ्ग्रेस थाहा ४  र स्वतन्त्र युवा संजालले सूचनाको विरुद्ध नगरपालिकामै गएर नगरप्रमुख  र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
एक बिद्यालयबाट अर्को बिद्यालयमा विद्यार्थी भर्ना गर्न स्थानान्तरण प्रमाणपत्र हुनुपर्ने विषय ठिक भए पनि नगरपालिकाले बक्यौता उठााउने हिसाबले सूचना प्रकाशन गर्नु नीतिगत भ्रष्टाचार भएको जनता समाजबादी पार्टीका बागमती प्रदेश कमिटि सदस्य इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । श्रेष्ठले उक्त सूचना कसैको दबाब, प्रभावमा परेर प्रकाशन गरिएको बताउनुभयो ।

यसै सन्दर्भमा एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर कमिटि अध्यक्ष तथा नेपाल शिक्षक महासंघ थानगर समिति सदस्य मनोज रायमाझीले स्थानान्तरण प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्नु सबै बिद्यालयको समस्या भएको र प्याब्सन थाहानगर कमिटिको अनुरोध पत्रलाई संबोधन गर्ने किसिमको सूचना भएकोले अन्यथा नबुझ्न सबैमा अनुरोध गर्नुभयो ।

स्थानान्तरण प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्दा, भर्ना हुँदा बिद्यार्थीको तथ्यांक दोहोरो पर्ने भएकोले प्राय: बिद्यालयमा येस्तो समस्या भएको कारणले पनि स्थानान्तरण प्रमाणपत्र बिना विद्यार्थी भर्ना नगर्नका लागि सहजीकरण गरिदिन नगरपालिकामा अनुरोध गरेकोमा उक्त अनुरोधलाई नगरपालिकाले सूचना मार्फत संबोधन गरेको प्यब्सन थाहानगर कमिटि सचिब संगम कार्कीले बताउनुभयो ।
कार्कीले सूचनाको शब्द चयनले केहि समस्या भएको बताउनुभयो ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...