jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

ग्यास लिक हुँदा तल्लो विसिङ्खेलमा घर जलेर नष्ट

थाहा नगरपालिका वडा नं. १० तल्लो विसिङ्खेलमा ग्यास लिक हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । यो समाचार तयार पार्दासम्म तल्लो विसिङ्खेलस्थित हेमकर्ण गमालको तीन तले घर जलेर पूर्णरुपमा नष्ट भएको छ । 

घरमा एक्कासी आगो लागेको देखेपछि स्थानीयहरुले निभाउने प्रयास गरे पनि सम्भव नभएको स्थानीय हरि मगरले जानकारी दिए । घरमा ग्याससमेत पड्किएपछि आगोले भीषण रुप लिएको थियो । 

घरमा आगलागी भएपछि घरमा रहेका गमाल परिवारका सदस्यहरु भागेर ज्यान जोगाएका छन् । उनीहरुमध्ये केही घाइते भएको र उनीहरुलाई एम्बुलेन्समा राखेर हस्पिटल लगिएको स्थानीयले बताएका छन् । 

स्थानीयले गाउँमा सञ्चालित डिप बोरिङको पानीबाट समेत आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । आगो निभाउन थाहा नगरपालिकाको दमकललाई खबर गरिएको भए पनि दमकल पुग्नु अघि नै हेमकर्णको घर जलेर नष्ट भइसकेको छ । घर जलेसँगै केकति धनमाल नष्ट भयो भन्ने विवरण आउन बाँकी छ । 

अहिले दमकल पुगिसकेको छ । दमकल पुग्नु अघि सँगै जोडिएका घरहरुलाई आगोबाट जोगाउन स्थानीयले भरमग्दुर प्रयास गरेका थिए । 
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...