pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

गोदावरीमा स्काउट एडभान्स तालिम सम्पन्न

323540597_485537593773940-1674398276.jpg

 ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको आयोजनामा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गल्र्स स्काउट एड्भान्स तालिम भव्य रुपमा सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका स्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ गतेदेखि माघ ८ गतेसम्म सञ्चालित तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी थिए । उनले तालिममा सहभागी बागमती प्रदेशका विभिन्न जिल्लाका स्काउटरहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिमका कोर्ष लिडरहरुमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्य थिए । सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरुले तालिममा स्काउटिङ्गका विभिन्न विषय वस्तुम तालिम प्रदान गरेका थिए । नेपाल स्काउट, बागमती प्रदेशका स्काउट संयोजक शिवराम अर्यालको अध्यक्षतामा भएको तालिमको समापन सत्रका प्रमुख अतिथि लोक बहादुर भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गिण विकास र प्राकृतिक विपतको साथी भएको टिप्पणी गरे । स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट तालिम आवश्यक रहेको उनले बताए । समारोहमा गोदावरी नगरपालिकाका उपप्रमुख मुन अधिकारीले अब हरेक बिधालयमा स्काउटलाई विस्तारमा लागि पर्न आग्रह गरिन । उनले स्काउट व्रिmयाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धाता व्यक्त गर्दै सहभागीहरुलाई सफलतापुर्वक तालिम सम्पन्न गरेकोमा धन्यबाद व्यक्त गरिन । स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै बागमती प्रदेश कार्यालयले तालिमको संयोजन गरिएको बागमती प्रदेशका संयोजक शिवराम अर्यालको जोड रहेको थियो । उनले तालिम सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ७ दिन लामो प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिम निकै प्रभावकारी भएको र नेपाल स्काउटको यो प्रयासले युवाहरूमा सकारात्मक परिवर्तनको संकेत गरिदिएको बताए । तालिममा सहभागी सनि शाक्यले प्राप्त तालिमबाट युवामा सकारात्मक सोचको विकास गराउन, सामुहिकतामा काम गर्न नेपाल स्काउटको यो तालिम महत्वपूर्ण भएको बताए । ललितपुरमा पहिलो पटक एडभान्स तालिम पहिलो पटक आयोजना गरिएको र सो तालिम भव्य रुपमा सम्पनन्न भएको गोदावरी स्काउटका संयोजक दिपक अर्यालले बताए ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...