kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

समाचार

गाउँ गाउँमा उद्यमशिलता बढाउनुपर्छः : जिसस प्रमुख घलान

1701359447053-1701359557.jpg

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गाउँ गाउँमा उद्यमशिल्ता बढाउनुपर्ने बताएका छन् । विहीबार बागमती गाउँपालिका–९ अँधेरीमा डिभिजन वन कार्यालय मकवानपुरको आर्थिक सहयोग तथा स्थानीय दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरिएको “दुना टपरी उद्योगकालागि प्रविधी हस्तान्तरण कार्यक्रम” मा बोल्दै प्रमुख घलानले सो कुरा बताएका हुन । 

कार्यक्रममा बोल्दै उनले सामुदायिक वनभित्रबाट निस्कने वन पैदावरसँग सम्बन्धीत विभिन्न वस्तुहरु नियमसंगत ढंगले उद्यमशिलता एवम् व्यवसायीकरण गरेर आर्थिक उपार्जन गर्न सकिने उल्लेख गरेका छन् । देशमा राजनीतिक परिवर्तन पश्चात अब आर्थिक अवस्था सुधारमा केन्द्रीत भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् । 

यस्तै, कार्यक्रममा आफ्नो भनाई राख्दै डिभिजन वन अधिकृत पुष्पराज बर्तौलाले समुदायमा रोजगारी सिर्जना गर्ने कुरा ठूलो विषय रहेको उल्लेख गरेका छन् । डिभिजन वनले यस किसिमका अन्य थुप्रै रोजगारी सिर्जना गर्ने किसिमका कार्यक्रमहरुमा निरन्तर  सहयोग गर्दै आएको बताउँदै समयमै प्रकृया मार्फत माग भइआएमा सहयोग गर्न तयार रहेको कार्यक्रममा जानकारी दिएका छन् ।

यसैगरी, डिभिजन वना कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतमले स्थानीयको जिविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले करिव ४ लाख ३८ हजार बराबरको दुना टपरी बनाउने मेशीन सहयोग गरिएको बताएका छन् । उनले स्थानीयले दिगो रुपमा व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि मात्रै मेशीन सहयोग गरिएको बताउँदै निरन्तरतामा जोड दिएका छन् । हाल प्लाष्टिकजन्य सामानहरुको प्रयोगमा कमि ल्याउने नीति बनिरहेको सन्दर्भमा यस किसिमको सामानको बजारको सम्भावना बलियो रहेको पनि उनले दावी गरेका छन् । 

कार्यक्रममा डिभिजन वन कार्यालयबाट भुपेन्द्र कार्की जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य तारा ढुङ्गाना, सुमित्रा थिङ, विष्णुमाया थपलियालगायत स्थनीय वन उपभोक्ता समूहका सदस्यहरुको उपस्थिति थियो ।

1701359437744-1701359557.jpg
chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...