pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

गाउँ गाउँमा उद्यमशिलता बढाउनुपर्छः : जिसस प्रमुख घलान

1701359447053-1701359557.jpg

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गाउँ गाउँमा उद्यमशिल्ता बढाउनुपर्ने बताएका छन् । विहीबार बागमती गाउँपालिका–९ अँधेरीमा डिभिजन वन कार्यालय मकवानपुरको आर्थिक सहयोग तथा स्थानीय दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरिएको “दुना टपरी उद्योगकालागि प्रविधी हस्तान्तरण कार्यक्रम” मा बोल्दै प्रमुख घलानले सो कुरा बताएका हुन । 

कार्यक्रममा बोल्दै उनले सामुदायिक वनभित्रबाट निस्कने वन पैदावरसँग सम्बन्धीत विभिन्न वस्तुहरु नियमसंगत ढंगले उद्यमशिलता एवम् व्यवसायीकरण गरेर आर्थिक उपार्जन गर्न सकिने उल्लेख गरेका छन् । देशमा राजनीतिक परिवर्तन पश्चात अब आर्थिक अवस्था सुधारमा केन्द्रीत भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् । 

यस्तै, कार्यक्रममा आफ्नो भनाई राख्दै डिभिजन वन अधिकृत पुष्पराज बर्तौलाले समुदायमा रोजगारी सिर्जना गर्ने कुरा ठूलो विषय रहेको उल्लेख गरेका छन् । डिभिजन वनले यस किसिमका अन्य थुप्रै रोजगारी सिर्जना गर्ने किसिमका कार्यक्रमहरुमा निरन्तर  सहयोग गर्दै आएको बताउँदै समयमै प्रकृया मार्फत माग भइआएमा सहयोग गर्न तयार रहेको कार्यक्रममा जानकारी दिएका छन् ।

यसैगरी, डिभिजन वना कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतमले स्थानीयको जिविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले करिव ४ लाख ३८ हजार बराबरको दुना टपरी बनाउने मेशीन सहयोग गरिएको बताएका छन् । उनले स्थानीयले दिगो रुपमा व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि मात्रै मेशीन सहयोग गरिएको बताउँदै निरन्तरतामा जोड दिएका छन् । हाल प्लाष्टिकजन्य सामानहरुको प्रयोगमा कमि ल्याउने नीति बनिरहेको सन्दर्भमा यस किसिमको सामानको बजारको सम्भावना बलियो रहेको पनि उनले दावी गरेका छन् । 

कार्यक्रममा डिभिजन वन कार्यालयबाट भुपेन्द्र कार्की जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य तारा ढुङ्गाना, सुमित्रा थिङ, विष्णुमाया थपलियालगायत स्थनीय वन उपभोक्ता समूहका सदस्यहरुको उपस्थिति थियो ।

1701359437744-1701359557.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...