jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

गठवन्धनका उमेद्वार जिताउन काठमाडौंमा रहेका मकवानपुरे जुटे

311206661_142101586176011-1666446552.jpg

 काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लगायतको पाँच दलीय गठवन्धनमा रहेका उमेद्वारहरु जिताउन काठमाडौंमा रहेका मकवानपुरेहरु जुर्मुराएका छन् । शनिवार कलंकी स्थित मेघा बैंकटमा आयोजित अन्तर पार्टी संयन्त्रको बैठकले गठवन्धबाट उमेद्वारी दिएका मकवानपुरे उमेद्वार जिताउन सबै शक्ति परिचालित गर्ने निर्णय गरेको छ । त्यसका लागि तिहार लगत्तै उमेद्वारहरुकै उपस्थितिमा वृहत भेला काठमाडौंमा आयोजना गरे र मतदाताहरु निर्वाचनका लागि जिल्लामा लैजान विशेष अभियान नै सञ्चालन गर्ने निर्णय गरेको छ । विस्तृत योजना तयार पार्न भने यही सोमबार ७ गते काठमाडौंमा नै उमेद्वाहरु सहितको उपस्थितिमा विशेष तयारी बैठक आयोजना गर्ने बताइएको छ । शनिबार बसेको बैठकले नेपाली काँग्रेस मकवानपुर काठमाडौं सम्पर्क समिति, नेकपा माओवादी केन्द्र मकवानपुर काठमाडौं सम्पर्क समिति र नेकपा एकिकृत समाजवादी मकवानपुर काठमाडौं सम्पर्क मञ्चका सबै पदाधिकारी र सदस्यहरु रहेने गरी निर्वाचन परिचालन संयन्त्र निर्माण गरेको छ । माओवादी केन्द्र, केन्द्रीय सम्पर्क समन्वय समिति सदस्य विनोद महर्जनको अध्यक्षतामा भएको भेलामा सबै पार्टीका तर्फबाट प्रतिनिधीत्व भएको थियो । कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा वागमती प्रदेश तर्फका समानुपातिक उमेद्वार रामचन्द्र बल, नेकपा एकिकृत समाजवादी, केन्द्रीय प्रचार विभाग सदस्य सन्तोष शर्मा, वागमती प्रदेश कमिटी सदस्य गौतमवुद्ध लामा, सम्पर्क प्रदेश विशेष समिति सदस्य नवराज वस्ती, नेकपा माओवादी केन्द्र मकवानपुर काठमाडौं सम्पर्क समिति अध्यक्ष उद्धव सापकोटा, विश्वमान श्रेष्ठ, सिताराम अर्याल, नेकपा एकिकृत समाजवादी सम्पर्क मञ्चका सल्लाहकार केशव कार्की, उपसचिव आशिष बल, नेपाली काँग्रेस मकवानपुर काठमाडौं सम्पर्क समिति उपाध्यक्ष देव श्रेष्ठ, सदस्य अच्युत सुवेदी लगायतको उपस्थिति रहेको थियो । गठवन्धन संयन्त्रले काठमाडौंमा रहेका मतदाताहरुको पहिचान गरी घर फर्काउन विशेष अभियान चाल्ने र वृहत भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्र मकवानपुर काठमाडौं सम्पर्क समितिका सचिव जगन्नाथ ढकालले जानकारी दिए ।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...