Tuesday, 07 May, 2024
विचार / अन्तरवार्ता

गठबन्धनको उद्देश्य संविधानलाई स्थायित्व दिनु हो : प्रमोद कृष्ण जोशी

312928873_512933060435843-1666778704.jpg

 नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले गठबन्धनको उदेश्य संविधानलाई स्थायित्व दिनु भएको बताउनु भएको छ । जोशीले भन्नुभयो, 'गठबन्धन केवल सरकार चलाउन मात्र बनेका होईन जनतालाई संविधान प्रदत्त अधिकारको प्रत्याभूति गराउनु हो।' नेपाल संवत्, दिपावली र छठपर्वको शुभकामना दिदै सभापति जोशीले नेकपा माओवादी, नेकपा समाजवादी लगायतका गठबन्धनको दलसंग काँग्रेसको सिद्धान्त नमिले पनि राष्ट्रिय मुद्दामा मिसन मिल्ने भएकोले यो एजेण्डामा बनेको गठबन्धन हो दलको सिद्धान्तसंगको होईन भन्ने कुरा सबैले बुझ्न अनुरोध गर्नुभयो । जोशीले संबिधान मूलुकको मूल कानून हो जसको आधारमा राज्य संचालन हुन्छ। संविधान जारी भएको छ तर संविधानलाई संस्थागत गर्ने कुरामा दुई तिहाई जनमत पाएको ओली सरकारले संबिधानको मर्म बिपरित गएर पटक पटक संसद बिघटन गरेपछि र ओली बिधिमा नभएर ब्यक्तिले शासन चलाउने सोच बिकास भयो यो अन्य दलहरुलाई मन परेन र संविधानको रक्षार्थ हालको गठबन्धनको सरकार बनेको र यो निर्वाचनमा पनि यहि गठबन्धनमा सहभागी भएको बताउनुभयो । जोशीले गठबन्धनको उमेदवार भएको हुनाले सबैलाई सबै निर्वाचन क्षेत्र भाग पुग्दैन नै अब जो जस्को भागमा जुन जुन निर्वाचन क्षेत्र परेको छ तत् तत् क्षेत्रमा गठबन्धनको उमेदवारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिताउन सबै जना लागि पर्नुको बिकल्प नभएको बताउनुभयो । काँग्रेसको मत माथि बिपक्षीले खेल्न थालेका छन् । थाहा नगरकाका काँग्रेस यो कुरामा सचेत रहन सभापति जोशीले आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, 'दलीय ब्यबस्थामा दल प्रधान हुन्छ । दल भन्दा बाहिर गएर काम गर्न राजनीतिक कार्यकर्तालाई गार्हो हुन्छ । तर मेरो आग्रह तपाईंले यसो भनि रहँदा तपाईंको ईच्छा त पुरा होला तर देश कता पुग्छ ? मैदान नै रहेन भने खेल कहाँ खेल्ने? संबिधान नै स्थायित्व भएन भने अधिकार कहाँ खोज्ने? विपक्षीले जित्यो भने बिकास कसरी गर्ने? यो सबै कुराहरु गर्दा आगामी निर्वाचनमा गठबन्धनको पक्षमा मतदान हुन्छ, गर्छन् र गर्नुपर्छ।'

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...