jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

खाद्यले तीन हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ ल्याउँदै

khasi-chyangra-1696503656.jpg

काठमाडौं, असोज १८ गते । दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ । गत वर्षजस्तै यस वर्ष पनि बजार मूल्यभन्दा केही कम (सुपथ) मूल्यमा उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रा उपलब्ध गराउनका लागि कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार बजारमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य सन्तुलन राख्न कम्पनीले खरिद गरेर बिक्री वितरण गर्नेगरेको छ । सूचना अधिकारी न्यौपानेका अनुसार खसी, बोका दुई हजार र च्याङ्ग्रा एक हजार गरी तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरिएको हो । 

खसी, बोका दुई हजार र च्याङ्ग्रा एक हजार गरी तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरिएको हो । 

बजारमा मागको आवश्यकताअनुसार केही थपघट हुन सक्ने उहाँले बताउनुभयो । गतवर्ष कम्पनीले एक हजार ४६३ खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो । 

आठ करोड ३६ लाख बजेट 

खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ करोड ३६ लाख बजेट छुट्याएको छ । कम्पनीका सूचना अधिकारी न्यौपाने सुवेदीका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय बमोजिम बजेट विनियोजन गरिएको हो । 

गत वर्ष कम्पनीले कुल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेकोमा २ करोड २६ लाख रुपियाँ खर्च गरेको थियो । कम्पनीले खसी–बोका प्रतिकेजी ६८० (जिउँदो) र च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपियाँमा बेचेको थियो । यसोगर्दा कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । 

नुवाकोट, हेटौँडा, धादिङ, दाङ तुल्सिपुरलगायतका स्थानबाट खसी र बोका खरिद गरी काठमाडौँ ल्याउने तयारी छ ।  

यसपालि पनि गत वर्षजस्तै काठमाडौँ उपत्यका आसपासका जिल्लाबाट खसी, बोका ल्याउने तयारी भएको छ भने हिमाली जिल्ला मनाङ र रसुवाबाट च्याङ्ग्रा ल्याउने तयारी भएको उहाँको भनाइ छ । नुवाकोट, हेटौँडा, धादिङ, दाङ तुल्सिपुरलगायतका स्थानबाट खसी र बोका खरिद गरी काठमाडौँ ल्याउने तयारी भएको उहाँको भनाइ छ ।  

स्थानीयबाट खरिदको तयारी 

यसवर्ष स्थानीय उपभोक्ताबाट खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने योजना रहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । गतवर्ष कम्पनीकै कर्मचारीबाट खसी, बोका तथा च्याङ्ग्रा खरिद गरेका थियौँ । तर यसपालि भने स्थानीय उपभोक्ताबाट नै खरिद गर्ने व्यवस्था मिलाएका छौँ । खसी, बोका घटस्थापनाको आसपासमा ल्याएर नै बिक्री गर्ने योजना रहेको न्यौपानेको भनाइ छ । 

पशुको स्वास्थ्य परीक्षणको तयारी

दसैँमा काठमाडौँ ल्याइने खसी, बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पशु सेवा विभागले तयारी गरेको जनाएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार काठमाडौँमा दसैँको समयमा अस्वस्थ पशुहरू ल्याउन सक्ने भएकाले उपभोक्तालाई अस्वस्थ मासुबाट बचाउनका लागि परीक्षणलाई प्राथमिकता दिने भएको हो ।

काठमाडौँ ल्याइने खसी, बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पशु सेवा विभागले तयारी गरेको  छ ।

काठमाडौँ भित्रिने मुख्य नाकाहरू थानकोट, कोटेश्वरलगायतका आठ स्थानमा जाँच कक्ष राखेर नै परीक्षण गरिने उहाँले बताउनुभयो । अहिले सरदर दैनिक एक हजारदेखि एक हजार दुईसय खसी तथा बोकाहरू काठमाडौँमा खपत हुनेगरेकोमा दशैको अन्तिम चार दिनमा दैनिक १० हजारको हाराहारीमा खसी तथा बोकाहरू खपत हुने ढकालको दाबी छ । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...