Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

खलबलिँदै छ भूकम्पको शक्ति

398472002_768532020816284-1699150562.jpg

नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो ।

उहाँहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तीन वर्षयता पश्चिम नेपालका विभिन्न भूकम्पको निरन्तरको धक्का बढ्न थालेको हो । गत असोज १६ गते बझाङमा एकै दिन गएका ६.३ र ५.३ म्याग्निच्युडको भूकम्पपछि लगातारजसो नै त्यो क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । जसको कम्पन काठमाडौँसम्म राम्रै महसुस गरिएको थियो । त्यसअघि वैशाखमा बाजुरामा यही आसपासको भूकम्प गएको थियो । 

शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पको धक्काले काठमाडौँ पनि हल्लिएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताउनुभयो । रातको समयमा भूकम्प गएकाले पनि जाजरकोट र रुकुममा बढी जनधनको क्षति पुगेको उहाँले बताउनुभयो । भूकम्पले भौगर्भिकस्तरमा पारेको असरबारे अध्ययन गर्न अधिकारीसहितको टोली जाजरकोट पुगेको छ । अध्ययनपछि मात्र पृथ्वीको गर्भभित्रका प्लेट एकआपसमा कति धसिए भन्ने पत्ता लाग्ने उहाँले बताउनुभयो । 

भूकम्प अनुगमनमा व्यस्त भूकम्पविद् सञ्जय कुशवाहका अनुसार शनिबार बिहानसम्म चार म्याग्निच्युड र त्यसभन्दा माथिका चार वटा परकम्प गए । त्यसभन्दा साना खालका १६० वटा भन्दा बढी परकम्प महसुस गरिए । बझाङ भूकम्पका मात्र पाँच सयभन्दा बढी परकम्प महसुस गरिएका थिए । 

केन्द्रका अनुसार लामो समयदेखि सञ्चित आठ म्याग्निच्युडमाथिको महाभूकम्पको शक्ति पश्चिम नेपालको जमिनमुनि सञ्चित छ । त्यो बाहिरिन आठ म्याग्निच्युड बराबरको भूकम्प एकैचोटि जानु पर्छ । पछिल्लो समय गइरहेका साढे छ म्याग्निच्युड बराबरका भूकम्पले महाभूकम्पको शक्तिको एक छेउ पनि बाहिर निस्कँदैन किनभने आठ म्याग्निच्युडको भूकम्पको शक्ति सञ्चित छ भने सात रेक्टरका ३२ वटा भूकम्प जानु पर्छ । त्यस्तै छ म्याग्निच्युडको जाने हो भने एक हजार २४ वटा भूकम्प गएमा बल्ल एउटा आठ म्याग्निच्युडको महाभूकम्पको शक्ति बाहिरिन्छ । 

अझ कम पाँच म्याग्निच्युडको भूकम्पमार्फत त्यो सकिने हो भने ३२ हजार वटा भूकम्प आउनु पर्छ । जति कम म्याग्निच्युडको भूकम्प जान्छ, त्यति गुणा धेरै भूकम्पको सङ्ख्या बढेर जानु पर्छ तर ती भूकम्प परकम्पका रूपमा नभई भूकम्पकै रूपमा जानुपर्ने हुन्छ । 

नेपालको पश्चिमी भूगर्भमा पाँच सय वर्षदेखि त्यो शक्ति जमिनमुनि बसिरहेकाले पनि खतरा बढेको छ । अहिलेका भूकम्पले दरार पैदा नगराएको र शक्ति नबाहिरिएका कारण अबको केही दिनभित्र नै पश्चिम नेपालमा अर्को मध्यम खालको भूकम्प जाने सम्भावना रहेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउनुहुन्छ । त्यसैले सावधानी अपनाउन उहाँ सुझाउनुहुन्छ । गोरखापत्र 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...