pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

क्यान्सरबाट बच्न काउली खानुस्

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । 

काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । फ्रेड हचिन्सन क्यासर रिसर्च सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ । 

अध्ययन अनुसार काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ ।
जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । एक अध्ययनले त  हप्तामा धेरै काउलीको खाने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ ।

खाने विधि
अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’

यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ । साथै सलादका रूपमा यसको प्रयोग धेरै नै उत्तम हुन्छ ।

काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ । चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ ।  यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।

अन्य फाइदा
काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ ।

काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र  खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg