udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

समाचार

कैलाश गाउँपालिकाको १३ औंं अधिवेशन सकियो

1708087905748-1708087949.jpg

तस्वीर:-अनिल पराजुली

मकवानपुरको कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्नेलगायत ४ वटा प्रस्तावमाथि छलफल भई पारित गरिएको छ । 
त्यस्तै गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा योजना संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएको योजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।गाउँसभामा उपाध्यक्ष मल्लले चालू आवमा १ करोड ११ लाख आन्तरिक आय प्रक्षपण गरेकोमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएको बताए । गाउँपालिकाले चालू आवमा २७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गाउँसभामा २८ करोड ५१ लाख रुपैयाँको संशोधित अनुमान प्रस्तुत गरिएको थियो । त्यस्तै गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पेश गरेको नामटार कालिकाटार सडक आयोजनाको भेरियसनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित गरिएको छ । 
अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ । कैलाश गाउँपालिकाको वृहत्तर हित, प्रगतिशिल विकास र सुशासनको सवालमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै प्रदेश सञ्चार डटकमका सम्पादक केशव समर्पणलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । 
त्यस्तै कैलाश सेवा पुरस्कारबाट पालिकामा कार्यरत उत्कृष्ट कर्मचारी छनौट गरी नगद पाँच÷पाँच हजार रुपैंयासहित सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्राविधिक शाखाका ईञ्जिनियर महेश केसी र असिस्टेन्ट सब ईञ्जिनियर नरेन्द्र दत्त भट्ट, एमआइएस अपरेटर उमेश कुमार मुक्तान, वडा सचिव शशिकला सिन्तान, निरश मुक्तान पशु प्राविधिक, कार्यालय सहयोगि अनिल प्रजा, अहेब विश्वप्रकाश सिंह, अहेब जयप्रकाश कुमार साह, विद्यालय स्टाफ नर्स विन्दा तितुङ, प्रधानाध्यापक श्यामबहादुर सिन्तान, शिक्षक दीपकुमार चेपाङ, शिक्षक ध्रुबराज बिष्ट, बाल विकास शिक्षक शुक्रबहादुर प्रजा र विद्यालय सहयोगि सिताराम सुनार रहेका छन् । 
यस्तै राष्ट्रपति रिनङशिल्ड प्रतियोगितामा २०८० को हाइजम्पतर्फ संवरण पदक विजेता गोमा बर्ताैला र तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता अनिशा विकलाई पाँच हजार रुपैंया नगद सहित सम्मान गरिएको छ । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिका माविका विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सोहि विद्यालयकी निर्मला हिम्डुङ र एसइइ परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश २ को कमला देवी माविका प्रधानाध्यापक राम एकवाल राय यादव समेत सम्मानित भएका छन् । 
यस्तै गएको आर्थिक वर्षको उत्कृष्ट उपभोक्ता समितिको रुपमा कैलाश वडा नम्वर १ को क्यूरेनी वर्ष भवन निर्माण समिति र ४ नम्वर वडा घेराबार तथा मर्मत समिति सम्मानित भएका छन् । 
त्यस्तै बाल बिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेको गाउँपालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्रोत्साहनस्वरुप सम्मान गरेको छ । बजेटमै चेली प्रोत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेको गाउँपालिकाले गाउँसभाको अवसरमा ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो । 
सम्मानित हुनेहरुमा वडा नम्वर १० निवासी सम्झना स्यांतान, वडा नम्वर ६ निवासी गोमा थोकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वति बर्ताैला, राधिका कालाखेती रहेका छन् । बालविवाह कम गर्नुका साथै शिक्षामा अब्बल बनाउन गाउँपालिकाले हरेक वर्ष प्रोत्साहन कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

 

1708087908688-1708087949.jpg

world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...