Wednesday, 08 May, 2024
समाचार

कुण्डलदेवीकाे १७ औं साधारण सभा सम्पन्न

थाहा नगरपालिकाको शिखरकोट स्थित श्री कुण्डल देवी बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

सभामामा प्रमुख अतिथि थाहानगरपालिका वडा नं. ४ का अध्यक्ष राजेश के. सी. ले समुदायमा रहेका आर्थीक श्रोतको पहिचान गरि सदस्यहरुको जिवनमा सुधार ल्याउन सहकार्यमा आधारित कार्यक्रम ल्याउन अनुरोध गर्नु भयो । साथै प्रमुख अतिथि के.सी.ले  सहकारी यस थाहा नगरपालिकामा आफ्नो सेवा बिस्तार गर्दै उन्नती तर्फ अगाडी बढीरहेकोले अझै सफलहोस् भनि शुभकामना  मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा अध्यक्ष शिवकुमार खत्रीले प्रगति प्रतिवेदन, निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । संस्थाले आगामि दिनमा कृषि तथा पर्यटनको क्षेत्रलाई जोड दिनुका साथै साना व्यबसायीहरुलाई सहुलियत व्याज दरमा मा कर्जा लगानि गर्ने निति लिएको जानकारी गराईएको थियो  । आगामि दिनमा समूह निर्माण गरि सामुहिक जमानीमा कर्जा लगानी गर्नुका साथै शेयर सदस्यलाई सेवा सुविधा दिने लक्ष्य राखेको छ ।

साधारण सभामा संंस्थाको शेयर पु“जी ३० लाख ४३ हजारलाई २५ प्रतिशतका दरले बृद्घि गर्ने बताएको छ । १ करोड ३० लाख ४२ हजार ६३ रुपैंया कारोवार गरिरहेको संस्थाले आर्थिक वर्ष २०७३÷०७४ मा ६ लाख १७ हजार २ सय ३१ रुपैंया ७५ पैसा नाफा गर्न सफल भएको छ । 
सहकारी संस्थाले १७ औं वार्षिक साधारण सभाको सहकारी मा १५ वर्षसम्म कार्य गरेकी राममाया के.सीलाई नगद तथा प्रमाण–पत्रले सम्मान गरेको छ । 
संस्थाका अध्यक्ष शिबकुमार खत्रीको  सभाध्यक्षतामा थाहा नगरपालिकाको रमणिय स्थान दामनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत संघका संचालक विलम कुमार ढकाल, पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गोकर्ण बरुवाल, हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष माधव कार्की लगायत विभिन्न स्थानिय राजनितिकदलका प्रतिनिधि, संघ÷संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


world-link-1690434568.jpg
आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...