pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

काउन्सिलद्वारा विज्ञापन बोर्डलाई पत्र

cauncil-1668605882.jpg

 कात्तिक ३०, काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावका क्रममा राजनीतिक दल र उम्मेदवारले सञ्चारमाध्यममा गरेका विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ। निर्वाचन आचारसंहिता बाहिर गएर विज्ञापन भइरहेकोले आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जनाएको छ। अनुगमनका क्रममा सञ्चारमाध्यमबाट विज्ञापन प्रचार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार-समयावधि-पटक र सःशुल्क जनाउनेतर्फ चासो दिएको नपाइएको काउन्सिलले जनाएको छ। काउन्सिलले यसअघि पनि सम्बन्धित सञ्चारमाध्यमलाई ध्यानाकर्षण एवम् सचेत गराइरहेको छ। काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा बोर्डलाई विज्ञापन निमयन गर्न भनिएको जनाइएको छ। काउन्सिलले बुधबार नै कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिकलगायत केही सञ्चारमाध्यमलाई आचारसंहिता बाहिर गई विज्ञापन दिएको विषयमा सचेत गराएको छ। यस्तै, राजनीतिक दलका उम्मेदवारले चुनावीसभामा बोलेको विषयलाई सञ्चार माध्यमकै धारणाजसरी शीर्षक चयन गरेकोमा शीर्षक चयनमा सावधानी अपनाउनेतर्फ सरकारी सञ्चार माध्यम गोरखापत्र दैनिकलाई ध्यानाकर्षण गराएको छ। अनुगमनका क्रममा ९३ सञ्चार माध्यमले आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण गरेको देखिएको छ। विशेष अनुगमन प्रारम्भ भएयता कार्तिक ३० गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेका २२ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, रेडियो २०, ४६ वटा अनलाइन, ५ वटा वेबपोर्टलले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ। यी समाचार माध्यममध्ये ६ वटालाई निर्देशन, ५० वटालाई ध्यानाकर्षण, २२ वटालाई सचेत र १२ वटालाई स्पष्टीकरण सोधिएको छ। दर्ता-सूचीकरण नभएका ५ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने ३ वटा अनलाइन माध्यमलाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ। अनुगमन हुँदा राजनीतिक दलको प्रचारप्रसारको विज्ञापन निर्वाचन आचारसंहिताविपरीत प्रकाशन-प्रसारण गरेवापत ध्यानाकर्षण गराइए पनि त्यसतर्फ सावधानी अपनाएको नपाएको, कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी सर्वेक्षण एवं विश्लेषण सहित सम्प्रेषण भएका सामग्रीउपर ‘निर्वाचनको मुखमा कुनै अमुक उम्मेदवारहरूबारे सर्वेक्षण गर्ने र मत परिणामलाई असर पार्ने काम गरेको’ भनी अन्य उम्मेदवारबाटै उजुरी आउने क्रम बढेकोले रोक्न काउन्सिलले सचेत गराएको छ। प्रचारप्रसारको अन्तिम समयमा निर्वाचन सन्दर्भमा घृणास्पद अभिव्यक्ति, दुष्प्रचार, गलत तथा भ्रमपूर्ण सूचनाहरू आउन सक्ने हुँदा त्यसतर्फ सजगता अपनाउन पनि काउन्सिलले भनेको छ। कसैको पक्ष वा विपक्षमा हुनेगरी सामग्री सम्प्रेषण हुन नदिन र सर्वेक्षण एवं विश्लेषणयुक्त सामग्री निर्वाचन मतदान भएपपछि मात्रै सार्वजनिक गर्न-गराउन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिलले अपिल समेत जारी गरेको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...