pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

काँधमा मोटरकार बोकेर काठमाडाैं ल्याइने गोरेटोलाई पदमार्गमा रूपान्तरण गर्दै चन्द्रागिरि नगर

FB_IMG_1684244217036-1684244234.jpg

२०१३ सालसम्म काँधमा मोटरकार बोकाएर राजधानी भित्र्याइने नाका चन्द्रागिरि भञ्जाङसम्म चन्द्रागिरि नगरपालिकाले पदमार्ग बनाइरहेको छ । शासकहरूले त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदी-चित्लाङ-चन्द्रागिरि भन्ज्याङ हुँदै थानकोट गोदामसम्म श्रमिकहरूको काँधमा कार बोकेर ल्याउने गर्दथे । 

थानकोट-चन्द्रागिरि भन्ज्याङ पदमार्ग नामाकरण गरी निर्माण कार्य अन्तिम चरणमा रहेको करिब ३ किलोमिटर लामो सो मार्ग चन्द्रागिरि नगरपालिका-४ थानकोट पानीघाटबाट सुरू हुँदै चन्द्रागिरि भन्ज्याङसम्म पुग्नेछ।

सो पदमार्गमा सिँढी, विश्रामस्थल, साना पुल, छेकबार लगायतका संरचना निर्माण भइरहेको छ । पदमार्गमा सूचना पाटी लगायत अन्य आवश्यक पूर्वाधारको निर्माणको कार्य बाँकी रहेको नगर प्रमुख घनश्याम गिरीले बताउनुभयो । 

चन्द्रागिरि नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा सो पदमार्ग कोसेढुङ्गा साबित हुने कुरा बताउनु हुँदै नगर प्रमुख गिरीले निकट भविष्यमा अन्य केहि स्थानमा पनि पदमार्ग र साइकल ट्रेलको निर्माण हुने जानकारी दिनुभयो । 

खुल्ला टेण्डरमार्फत निर्माण कार्य जारी रहेको छ सो पदमार्ग निर्माणका लागि करिब २ करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।

नगरपालिकाले प्रत्येक वर्ष योजना माग गरेर प्राप्त गर्ने नगरपालिका- प्रदेश समपुरक बजेटबाट उक्त निर्माण कार्य भएको हो जसअन्तर्गत नगरपालिका र बागमती प्रदेश सरकारको ५०/५० प्रतिशत लागत सहभागिता रहेको छ।

नगरक्षेत्रको पर्यटन प्रवर्द्धनका लागि चन्द्रागिरि नगरपालिकाले सामुदायिक होम-स्टे, पदमार्ग निर्माणको कार्यलाई तिव्रता दिइरहेको छ थानकोट टाइम्स बाट साभार।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...