gumba-1715660528.jpg
Wednesday, 22 May, 2024
समाचार

कहाँ कहाँ बाट पाईनछ नयाँ नोट

नेपाल राष्ट्र बैकको कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नयाँ नोट साट्न पाइनेछ । ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न अघिल्ला वर्ष जस्तो लाइन बस्नु नपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकमै गएर नोट साट्नेले प्रतिव्यक्ति २७ हजार रुपैयाँ सम्म साट्न सक्नेछन् ।

 २७ हजार भन्दा थोरै पनि लिन सकिन्छ तर त्यो भन्दा धेरै नदिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन महाशाखाका निर्देशक भिष्मप्रसाद उप्रेतीले जानकारी दिनुभयो । तर सरकारी बैंकमा नोट साट्न जाँदा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म मात्रै नयाँ नोट साट्न पाइनेछ । नेपाल बैंकको मुख्य कार्यालय, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ । त्यस्तै कृषि विकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशाला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । निजी क्षेत्रका बैंक र सहकारीसंस्थाबाट पनि नयाँ नोट साट्ने गरी व्यवस्था भएकाले यसपाली नोट साट्न सहज हुने निर्देशक उप्रेतीले बताउनुभयो ।

अरु बैंक तथा वित्तीय संस्थालाई असोज १ गतेदेखि फुलपाती सम्म नोट साट्न भनिएको पनि उहाँले जानकारी दिनुभयो । नयाँ नोट साट्न सुरु भएको दिन बुधबार राष्ट्र बैंकको कार्यालय थापाथलीमा अघिल्ला वर्षजस्तो भिड देखिएन । थापाथली पुग्ने सटहीकर्ताले कुपन लिएको १ घण्टामा नयाँ नोट पाएका उप्रेतीले जानकारी दिनुभयो । यो वर्ष झण्डै १६ अर्ब रुपैयाँको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ । अघिल्लो वर्ष झण्डै १० अर्ब रुपैयाँ सटही भएको थियो ।


world-link-1690434568.jpg
पाँचौ उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ टिमको सहभागी रहने,प्रतियोगिताको तयारी पुरा
FB_IMG_1716302052712-1716302074.jpg

जेठ ९ गते थाहा नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजना हुने पाचौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ समुह...

काँग्रेस थाहानगर द्वारा ११ शिक्षकको क्रियाशील सदस्यता खारेज
FB_IMG_1716256283925-1716256296.jpg

नेपाली काँग्रेस थाहानगरले आफ्नो दलमा आवद्ध भएका शिक्षकहरुको क्रियाशील सदस्यता खारेज गरेको छ । नेपाली...

अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...