Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

कहाँ कहाँ बाट पाईनछ नयाँ नोट

नेपाल राष्ट्र बैकको कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नयाँ नोट साट्न पाइनेछ । ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न अघिल्ला वर्ष जस्तो लाइन बस्नु नपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकमै गएर नोट साट्नेले प्रतिव्यक्ति २७ हजार रुपैयाँ सम्म साट्न सक्नेछन् ।

 २७ हजार भन्दा थोरै पनि लिन सकिन्छ तर त्यो भन्दा धेरै नदिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन महाशाखाका निर्देशक भिष्मप्रसाद उप्रेतीले जानकारी दिनुभयो । तर सरकारी बैंकमा नोट साट्न जाँदा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म मात्रै नयाँ नोट साट्न पाइनेछ । नेपाल बैंकको मुख्य कार्यालय, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ । त्यस्तै कृषि विकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशाला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । निजी क्षेत्रका बैंक र सहकारीसंस्थाबाट पनि नयाँ नोट साट्ने गरी व्यवस्था भएकाले यसपाली नोट साट्न सहज हुने निर्देशक उप्रेतीले बताउनुभयो ।

अरु बैंक तथा वित्तीय संस्थालाई असोज १ गतेदेखि फुलपाती सम्म नोट साट्न भनिएको पनि उहाँले जानकारी दिनुभयो । नयाँ नोट साट्न सुरु भएको दिन बुधबार राष्ट्र बैंकको कार्यालय थापाथलीमा अघिल्ला वर्षजस्तो भिड देखिएन । थापाथली पुग्ने सटहीकर्ताले कुपन लिएको १ घण्टामा नयाँ नोट पाएका उप्रेतीले जानकारी दिनुभयो । यो वर्ष झण्डै १६ अर्ब रुपैयाँको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ । अघिल्लो वर्ष झण्डै १० अर्ब रुपैयाँ सटही भएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...