pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

कस्तो छ मुलुकको आर्थिक अवस्था ? यस्ता छन् मुख्य सूचकहरु

nepal-rastra-ban-k-1536x1-1612868838.jpg

पाल राष्ट्र बैंकले मुलुकको वर्तमान अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस ९छ महिना० सम्मको आर्थिक अवस्था अनुसार यस अवधीमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

निर्यात–आयात मूल्य सूचकाङ्क

वार्षिक विन्दुगत आधारमा २०७७ पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क २।२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १।४ प्रतिशतले घटेको छ । २०७६ पुस महिनामा ०।६ प्रतिशतले घटेको व्यापारको शर्त २०७७ पुस महिनामा ३।६ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह

चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह ११।१ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०।६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।७ प्रतिशतलेवृद्धि भई ४ अर्ब १९ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०।९ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ७७।६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७।७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८।९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०।५ प्रतिशतले बढेको थियो । यस अवस्थामा अवधिमा खुद ट्रान्सफर ८।९ प्रतिशतले वृद्धि भई ५ खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर ०।४ प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति

यस अवधिमा चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लोवर्षको सोही अवधिमा चालु खात ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ । अवधिमा पुँजीगत ट्रान्सफर ८।१ प्रतिशतले कमी आई ६ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्षवैदेशिक लगानी ३७।२ प्रतिशतले कमी आई ७ अर्ब ६६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमापुँजीगत ट्रान्सफर ७ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रहेको थियो ।

सेवा समीक्षा अवधिमा खुद सेवा आय २५ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवाआय ३ अर्ब ७३ करोडले घाटामा रहेको थियो ।सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९२।० प्रतिशतले कमी आई रु।३ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब २९ करोड रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५९।७ प्रतिशतले कमी आई १५ अर्ब ८ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय १२ अर्ब ६६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ४६ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७७र७८ को ६ महिनामा कुल वस्तुनिर्यात ६।१ प्रतिशतले वृद्धि भई।६० अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६।१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८।४ प्रतिशत र ४।० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनततर्फ को निर्यातमा ५०।० प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा अलैंची, धागो ९पोलिष्टर तथा अन्य०, जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७७र७८ को ६ महिनामा कुल वस्तु आयात ४।८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४।० प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३।५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८।५ प्रतिशत र १७।४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम।एस। बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ,हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७र७८ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ५।८ प्रतिशतले घटी रु।६०० अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६।१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९।२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८।२ प्रतिशत रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति२०७७ असार मसान्तमा रु।१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६।६ प्रतिशतले वृद्धि भई २०७७ पुस मसान्तमा १४९३ अर्ब ७५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा ९।७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय

सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ पुस मसान्तमा ७।५ प्रतिशतले वृद्धि भई १३१८ अर्ब ६६ करोड पुगेको छ ।

विदेशी विनिमय

बैंक तथा त्तिीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोडरहेकोमा २०७७ पुस मसान्तमा ०।४ प्रतिशतले कमी आई १७५ अर्ब ९ करोड कायम भएको छ । २०७७ पुसमसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।७ प्रतिशत रहेको छ ।

सञ्चिती पर्याप्तता सूचक

आर्थिक वर्ष २०७७र७८ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३।९ महिनाको वस्तु आयात र १२।६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमाविदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९।७प्रतिशत, १०५।२ प्रतिशत र ३२।२ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७।२ प्रतिशत, १०५।७ प्रतिशत र ३३।१ प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा २०७६ पुस मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६४।४५ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ पुस मसान्तमा १३।९ प्रतिशतले कमी आई अमेरिकी डलर ५५।५२ कायम रहेकोछ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ पुस मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १५४५।१० रहेकोमा २०७७ पुस मसान्तमा २०।३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १८५८।८५ पुगेको छ ।

मुद्राप्रदायक

आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा विस्तृत मुद्राप्रदाय ९।६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५।३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा विस्तृत मुद्रा मुद्राप्रदायक २३।० प्रतिशतले बढेको छ ।

यस अवधिमा खुद वैदेशिक सम्पत्ति ९विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित० १२४ अर्ब ९२करोड ९९।४ प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु।२६ अर्ब ६५ करोड ९२।७ प्रतिशत० ले बढेको थियो । त्यस्तै,सञ्चित मुद्रा ४।९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५।६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुसमसान्तमा सञ्चित मुद्रा २७।६ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाह

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११।४ प्रतिशतले बढेको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो कर्जा ८।६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४।९ प्रतिशतले बढेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...