jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

कर्मचारीकाे विराेधमा वडाध्यक्षहरू आन्दोलित

asdfgb-1693891247.jpg

भदौ १९ गते । झापाको मेचीनगर नगरपालिकाका कर्मचारी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । वरीयताको विषयमा कर्मचारीहरूबिच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रेको पाइएको हो ।

मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले सोमबार अपराह्न नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध गर्दै पत्रकार सम्मेलन गरेपछि यो विषय बाहिरिएको हो ।

वडा नं. ४ का का वडाध्यक्ष अर्जुन कार्कीले जनताको काम रोकेकाले आफूहरू विरोधमा उत्रनुपरेको बताउनुभयो । हामीले दुई दिनभित्र कर्मचारीहरूलाई सच्चिन मौका दिएको र आफूहरूले उठाएको विषयहरूमा जवाफ मागेको जनाउँदै त्यो नभए थप सशक्त आन्दोलन गर्ने उहाँको भनाइ थियो ।

निर्वाचित जनप्रतिनिधिलाई नै असफल बनाउने गरी कर्मचारी लागेको उहाँको भनाइ  छ । चार महिना अघि नै प्रक्रिया पुगेर आएका कतिपय योजनाको भुक्तानी विना कारण नदिने र रोक्नुको कारणसमेत नभन्नु सरासर नाजायज हो, कार्कीले भन्नुभयो । यसबाट वडावासीहरू धेरै नै पीडित भएको उहाँको भनाई छ । ब्याक्तिको नभएर विधिको शासनको माग गरेका छौ, उहाँले भन्नुभयो ।

वडा नं १० का वडाध्यक्ष नारायण खनालले कर्मचारीका कारण नगरवासी र आफूहरूले धेरै दुख पाएको बताउनु भयो । नगरपालिका आउन समेत मन नलाग्ने अवस्था सिर्जना भएको छ, उहाँले भन्नुभयो । कर्मचारीको व्यवहार र अटेरीपनले नगरपालिका नै पस्न मन लाग्न छाडिसक्यो, उहाँले जनाउनुभयो ।

आफूहरू निर्णय गर्ने ठाउँमा रहेको र कर्मचारीलाई सुधार्न धेरै पटक निर्णय भए पनि सुधार नआएपछि आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको वडा नं १३ का वडाध्यक्ष कृष्ण सिग्देलले जनाउनुभयो । हामीले बैठकमा धेरै पटक कुरा उठाएका छौ तर सुधार नआएपछि आन्दोलन बाहेक अरू विकल्प नै नरहने भयो, उहाँले भन्नुभयो ।

वडाध्यक्षसँगै नगरपालिका गेटमा पत्रकार सम्मेलनमा आउनुभएका देवीप्रसाद आचार्यले सब्जी खेतीका लागि आफूहरूलाई दिने भनेको रकम ५ महिना धाउँदासमेत नपाएको बताउनुभयो । यहाँ त कर्मचारीले हाम्रो कुरा नै सुन्दैनन् र वडाध्यक्षलाई गुहार माग्न जाँदा उनीहरूको पनि कुरा सुनुवाइ नहुँदो रहेछ, उहाँले भन्नुभयो ।

औषधि खरिद गर्दा ढिलाइ गरेको, कृषक समूहका लागि सम्झौता गरेर कार्यसम्पादन गरिसकेको योजनाको भुक्तानी रोकेको, विपत्र व्यवस्थापनका लागि आवश्यक तार जाली खरिद नगरेको, कर्मचारीको बखेडा झिकेर नगरको विकास निर्माणको काम रोकेर जनप्रतिनिधिलाई सास्ती दिएको   जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई आरोप लगाएका छन् ।गोरखापत्र अनलाइन 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...