Friday, 17 May, 2024
राेजगार

कर्जा लिएर व्यवसायी बनेकालाई ‘रिबेट’ प्रदान

rebate-photo-3-1564571881.jpg

बिक्रेताले एक निश्चित सीमासम्म खरिद गर्ने क्रेतालाई खरिदको आधारमा फिर्ता गरिदिएको रकमलाई रिबेट भनिन्छ । यसलाई उत्तरी मकवानपुरमा सहकारीमार्फत् पहिलोपटक अभ्यास गरिएको छ । 

थाहा नगरको शिखरकोटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले उत्तरी मकवानपुरमा पहिलो पटक अभ्यास गरेको हो । च्वाइस हुमानीटेरियन नेपाल र मेन्टोर्श इन्टरनेशनलको सहयोगमा सहकारीका सदस्यहरुमा लगानी गरिएको कर्जा कारोबारमा रिबेट प्रदान गरिएको हो । संस्थाहरुले रिबेटलाई पुरस्कारको रुपमा प्रदान गरेको सहकारीका व्यवस्थापक सुमन विष्टले बताए ।

च्वाइस र मेन्टोर्शको ५० लाख रुपियाँ सहयोगमा सहकारीले गत वर्ष २८ जना सदस्यहरुलाई कर्जा लगानी गरेको थियो ।  उनीहरुमध्ये २० जनालाई बुधबार थाहानगरको विकास घरमा आयोजना गरिएको एक कार्यक्रममा १० हजारको दरले रिबेट प्रदान गरिएको छ । रिवेट पाउनेमा धेरै जसो कृषकहरु छन् । रिवेट पाउनेहरुमा विष्णु विक, सहदेव सिं कार्की, रामशरण विष्ट, प्रताप विष्ट, सोमराज गोपाली, गणेश प्रसाद विष्ट, हरिहर ढकाल, काशिराम थापा, किरण स्याङतान, नवराज कार्की, मानसिं पाख्रिन, रेबिका केसी, पार्वती श्रेष्ठ लगायत छन् । एक जना कृषकले भने ३१ हजार बराबरको प्लास्टिक टनेल पाएका छन् । यसरी टनेल पुरस्कार पाउनेमा केदार रायमाझी रहेका छन् ।
थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले सदस्यहरुलाई रिवेट प्रदान गरेका थिए । सहकारीका अध्यक्ष मधुसूदन विष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका–३ का वडाध्यक्ष राजेश केसी, च्वाइसका फिल्ड संयोजक भेष वाङ्गल जिसी, सहकारी तथा संघसंस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।  रिवेट पाउँदा कृषक तथा व्यवसायीहरु निकै खुशी देखिन्थे । ‘संस्थाले कर्जा मात्र होइन, कसरी व्यवसायी बन्ने, व्यवसायमा हिसाव किताव कसरी राख्ने, आम्दानी–खर्चको विश्लेषण कसरी गर्ने भन्ने बारे तालिम र परामर्श पनि दिएको छ’ कृषक रामशरण विष्टले भने । 

कर्जा लिएर व्यवसायिक सदुपयोग गर्दै आत्मर्निरतातर्फ लागेका सदस्यहरुलाई पुरस्कार स्वरुप रिवेट प्रदान गरिएको च्वाइस नेपालका मकवानपुर प्रमुख प्रताप घिमिरेले बताए । संस्थाले सदस्यहरुलाई व्यवसाय विकास तालिम तथा परामर्श दिँदै आएको छ । 

शिखर सहकारीका व्यवस्थापक विष्टका अनुसार यसरी प्रदान गरिएको रकम सदस्यहरुले व्यवसाय प्रवर्धनमै लगानी गर्नु पर्नेछ । 

कृषकहरुका लागि गएिको लगानी र कार्यक्रम प्रभावकारी बन्दै गएपछि शिखर बचत तथा सहकारी संस्थामार्फत् थप लगानी गर्न संस्थाहरु आकर्षित भएका छन् ।  


 


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...