himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

ऐन बिपरित एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारीको शैक्षिक योग्यतासमेत अपुग

mahaprasad-1657689798.jpg

राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासमेत अपुग रहेको भेटिएको छ ।
राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको छ । तर, गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक तह मात्रै पास भएको बिबरण पेश गरेका छन् । उनले पेश गरेको व्यक्तिगत बिबरणअनुसार सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेका हुन् ।
उनले भारतको एक चाटर्ड एकान्टेन्ट पढाई हुने कलेजबाट सन् १९९३ मा ‘सिए’ पढाई सकेको जनाएका छन् । सिए अध्ययनलाई स्नातकोत्तर उत्र्तिण सरह मान्यता हुने दाबी गर्दै उनले गभर्नर पदमा २४ चैत, ०७६ मा नियुक्ती लिएका थिए ।
तर, नेपाल सरकारले सिए अध्ययनलाई स्नातकोत्तर तहको मान्यता दिने बिषयमा कुनै निर्णय नगरेको त्रिभुवन विश्वविद्यलय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ ।
सिए उत्र्तिणलाई स्नातकोत्तर तह उत्र्तिण बराबरको समकक्षता प्रदान गरे÷नगरेको बारे लिखित जानकारी पाउँ भनि पाठ्यक्रम विकास केन्द्र समक्ष दिएको निवेदन पश्चात् केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. पारसनाथ यादवले ११ बैशाख, ०७९ मा लिखित जानकारी दिएका थिए ।
उनका अनुसार स्नातक पास भई सिए उत्तिर्ण गर्नेहरुको हकमा कस्तो समकक्षता हाँसिल हुन्छ भन्ने बिषयमा कुनै निर्णय भएको छैन । ‘नेपालबाट स्नातक तह उत्र्तिण गरी अन्य मुलुकबाट सिए उत्र्तीण गरेमा कस्तो समकक्षता निर्धारण हुन्छ भन्ने सम्बन्धमा सिएको समकक्षताको बारेमा यस केन्द्रको उपाधि मान्यता तथा समकक्षता निर्धारण समितिको मिति २०७८ असार २१ गतेको निर्णय निर्णायर्थ त्रिवि प्राज्ञिक परिषद्मा पठाउने भन्ने निर्णय बमोजिम त्रिवि प्राज्ञिक परिषद्मा पठाइएको र हालसम्म प्राज्ञिक परिषद्बाट निर्णय भई नआएकाले हाल स्नातकोत्तरको समकक्षता प्रदान नगरिरहेको व्यहोरा जानकारी गराइन्छ’ कार्यकारी निर्देशक यादवले पत्रमार्फत भनेका छन् ।
पाठ्यक्रम विकास केन्द्रको यो पत्रले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता स्नातक तहसम्म मात्रै रहेको पुष्टि हुन्छ । तर, उनले सरकारलाई समेत गुमराहमा राखेर गभर्नर पदमा नियुक्ती लिएका छन् ।
बिज्ञहरुले कमजोर शैक्षिक योग्यताकै कारण गर्भनरले पछिल्लो अर्थव्यवस्थाअनुसार मौद्रिक नीतिहरु कार्यान्वयन गर्न नसकेको बताएका छन् । ‘शैक्षिक योग्यता नपुगेको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त हुँदा पदिय योग्यताको अभाव, पदिय क्षमता र ज्ञानको अभाव तथा इमान्दारिता, निष्पक्षता, तटस्थता कायम गर्न नसकेको, समन्वय र समस्या समाधान गर्न नसकेको देखिन्छ’ एक पूर्व गभर्नरले भने, ‘शैक्षिक योग्यता नै नपुगेका व्यक्तीले गभर्नर पदमा बस्दा निजले पाएको ओहोदा अनुसार जिम्मेवारी, कर्तव्य वहन गर्न सकेको देखिदैन । जसको प्रमाण अहिलेको अर्थव्यवस्थामा परेको दबाब हो ।’
अधिकारीको शैक्षिक योग्यतालाई लिएर मुद्धा
गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै दायर मुद्धा सर्वोच्च अदालतमा बिचाराधिन छ ।
अधिकारी सन् २०१६ मा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त हुँदा उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित बोर्डकै पूर्व सिइओ राधेश पन्तले रिट दायर गरेका थिए । लगानी बोर्ड एैन, ०६८ ले अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा परियोजना विश्लेषण र बाणिज्य कानून बिषयमा कम्तीमा स्नातकोत्तर उत्तिर्णय भएकोलाई सिइओ बनाउन सक्ने व्यवस्था गरेको छ । तर, अधिकारीको सो व्यवस्थाअनुसार शैक्षिक योग्यता अपुग भएको भन्दै पन्तले रिट दायर गरेका थिए । अहिलेसम्म यो मुद्धामा पूर्ण सुनुवाई हुन सकेको छैन ।
लगानी बोर्डको सिइओ हँुदा परेको मुद्धा किनारा नलाग्दै अधिकारीले त्यहाँ ५ बर्ष ११ महिनाको कार्यकाल बिताएर ऐनले तोकेअनुसार शैक्षिक योग्यता बिनै पुनः गभर्नरसमेत नियुक्ती लिएका छन् । उनलाई दुवै पटक ऐन बिपरित नियुक्त दिदा केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg