pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

ऐन बिपरित एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारीको शैक्षिक योग्यतासमेत अपुग

mahaprasad-1657689798.jpg

राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासमेत अपुग रहेको भेटिएको छ ।
राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको छ । तर, गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक तह मात्रै पास भएको बिबरण पेश गरेका छन् । उनले पेश गरेको व्यक्तिगत बिबरणअनुसार सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेका हुन् ।
उनले भारतको एक चाटर्ड एकान्टेन्ट पढाई हुने कलेजबाट सन् १९९३ मा ‘सिए’ पढाई सकेको जनाएका छन् । सिए अध्ययनलाई स्नातकोत्तर उत्र्तिण सरह मान्यता हुने दाबी गर्दै उनले गभर्नर पदमा २४ चैत, ०७६ मा नियुक्ती लिएका थिए ।
तर, नेपाल सरकारले सिए अध्ययनलाई स्नातकोत्तर तहको मान्यता दिने बिषयमा कुनै निर्णय नगरेको त्रिभुवन विश्वविद्यलय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ ।
सिए उत्र्तिणलाई स्नातकोत्तर तह उत्र्तिण बराबरको समकक्षता प्रदान गरे÷नगरेको बारे लिखित जानकारी पाउँ भनि पाठ्यक्रम विकास केन्द्र समक्ष दिएको निवेदन पश्चात् केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. पारसनाथ यादवले ११ बैशाख, ०७९ मा लिखित जानकारी दिएका थिए ।
उनका अनुसार स्नातक पास भई सिए उत्तिर्ण गर्नेहरुको हकमा कस्तो समकक्षता हाँसिल हुन्छ भन्ने बिषयमा कुनै निर्णय भएको छैन । ‘नेपालबाट स्नातक तह उत्र्तिण गरी अन्य मुलुकबाट सिए उत्र्तीण गरेमा कस्तो समकक्षता निर्धारण हुन्छ भन्ने सम्बन्धमा सिएको समकक्षताको बारेमा यस केन्द्रको उपाधि मान्यता तथा समकक्षता निर्धारण समितिको मिति २०७८ असार २१ गतेको निर्णय निर्णायर्थ त्रिवि प्राज्ञिक परिषद्मा पठाउने भन्ने निर्णय बमोजिम त्रिवि प्राज्ञिक परिषद्मा पठाइएको र हालसम्म प्राज्ञिक परिषद्बाट निर्णय भई नआएकाले हाल स्नातकोत्तरको समकक्षता प्रदान नगरिरहेको व्यहोरा जानकारी गराइन्छ’ कार्यकारी निर्देशक यादवले पत्रमार्फत भनेका छन् ।
पाठ्यक्रम विकास केन्द्रको यो पत्रले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता स्नातक तहसम्म मात्रै रहेको पुष्टि हुन्छ । तर, उनले सरकारलाई समेत गुमराहमा राखेर गभर्नर पदमा नियुक्ती लिएका छन् ।
बिज्ञहरुले कमजोर शैक्षिक योग्यताकै कारण गर्भनरले पछिल्लो अर्थव्यवस्थाअनुसार मौद्रिक नीतिहरु कार्यान्वयन गर्न नसकेको बताएका छन् । ‘शैक्षिक योग्यता नपुगेको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त हुँदा पदिय योग्यताको अभाव, पदिय क्षमता र ज्ञानको अभाव तथा इमान्दारिता, निष्पक्षता, तटस्थता कायम गर्न नसकेको, समन्वय र समस्या समाधान गर्न नसकेको देखिन्छ’ एक पूर्व गभर्नरले भने, ‘शैक्षिक योग्यता नै नपुगेका व्यक्तीले गभर्नर पदमा बस्दा निजले पाएको ओहोदा अनुसार जिम्मेवारी, कर्तव्य वहन गर्न सकेको देखिदैन । जसको प्रमाण अहिलेको अर्थव्यवस्थामा परेको दबाब हो ।’
अधिकारीको शैक्षिक योग्यतालाई लिएर मुद्धा
गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै दायर मुद्धा सर्वोच्च अदालतमा बिचाराधिन छ ।
अधिकारी सन् २०१६ मा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त हुँदा उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित बोर्डकै पूर्व सिइओ राधेश पन्तले रिट दायर गरेका थिए । लगानी बोर्ड एैन, ०६८ ले अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा परियोजना विश्लेषण र बाणिज्य कानून बिषयमा कम्तीमा स्नातकोत्तर उत्तिर्णय भएकोलाई सिइओ बनाउन सक्ने व्यवस्था गरेको छ । तर, अधिकारीको सो व्यवस्थाअनुसार शैक्षिक योग्यता अपुग भएको भन्दै पन्तले रिट दायर गरेका थिए । अहिलेसम्म यो मुद्धामा पूर्ण सुनुवाई हुन सकेको छैन ।
लगानी बोर्डको सिइओ हँुदा परेको मुद्धा किनारा नलाग्दै अधिकारीले त्यहाँ ५ बर्ष ११ महिनाको कार्यकाल बिताएर ऐनले तोकेअनुसार शैक्षिक योग्यता बिनै पुनः गभर्नरसमेत नियुक्ती लिएका छन् । उनलाई दुवै पटक ऐन बिपरित नियुक्त दिदा केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg