Friday, 03 May, 2024
शिक्षा

एसइईको नम्बर असार २० भित्र  पठाउनु पर्ने,परीक्षा व्यवस्थापनका लागि पठाएको रकम फिर्ता गर्न पनि निर्देशन

1543666771rastriya-parich-1593516620.jpg

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले रोकिएको शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाइसक्न निर्देशन दिएको छ।

विद्यार्थी मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट लभद।नयख।लउ मा उपलब्ध रहेको भन्दै बोर्डले कार्यविधिअनुसार आन्तरिक मूल्यांकन गरी विद्यार्थीका नम्बर छिटो पठाउन भनेको हो।

कार्यविधिको अनुसूची २ मा भएको समष्टिगत फाराम मात्र प्रयोग गरी विद्यार्थीको अन्तिम मूल्यांकन विवरण तयार गर्न बोर्डले विद्यालयहरूलाई आग्रह गरेको छ।

विद्यार्थीलाई आन्तरिक तवरबाट मूल्यांकन गरी नम्बर दिन प्रधानाध्यापकको नेतृत्वमा विद्यालयमा तीन सदस्यीय समिति गठन गर्नुपर्छ।

उक्त समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्य रूपमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने बोर्डको भनाइ छ।

विद्यालयहरूबाट प्राप्त भएको प्राप्ताङ्क विवरण र मूल्यांकन समितिबाट प्रमाणित गरी पठाइएका प्राप्ताङ्क, तालिका मार्क लेजर० भिडाई प्रयोगात्मक र सैद्धान्तिक अंक भरेरनभरेको, पूर्णाङ्क मिलेरनमिलेको लगायत रूजु गरेर जिल्लास्थित समन्वय इकाइलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले आग्रह गरेको छ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण एसइई परीक्षा सम्भव नरहेकोले आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले साउनमा एसइईको परीक्षाफल प्रकाशित गर्नेगरी आवश्यक तयारी सुरू गरिसकिएको जनाएको छ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि देशभरबाट चार लाख ८२ हजार सात सय सात जना विद्यार्थी सहभागी हुँदै थिए। परीक्षाका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको थियो।

मन्त्रालयले फिर्ता माग्यो पेश्की रकम

एसइई परीक्षा नहुने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा व्यवस्थापनका लागि पठाएको रकम फिर्ता गर्न निर्देशन दिएको छ।

मन्त्रालयका शाखा अधिकृत बालकृष्ण सिंखडाले गत शुक्रबार सातै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै पेश्की रकम फिर्ता गर्न भनेका हुन्।

मन्त्रालयले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमार्फत् जिल्ला र केन्द्रहरूमा परीक्षा व्यवस्थापन खर्च उपलब्ध गराएको थियो।

प्रश्नपत्र, उत्तरपुस्तिका तथा परीक्षा सञ्चालन खर्च एक साताभित्र फिर्ता गर्न मन्त्रालयले आग्रह गरेको हो। केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षहरूले बढीमा दुई दिनको भत्ता लिन पाउने मन्त्रालयले पठाएको परिपत्रमा उल्लेख छ।

तर भत्ताबापत कति रकम लिने भन्ने प्रष्ट खुलाइएको छैन।

‘केन्द्रका केन्द्राध्यक्षले आफ्नो र सहायक केन्द्राध्यक्षको बढीमा दुई दिनको भत्ता, आन्तरिक ढुवानी, अस्थायी शौचालय निर्माण, स्टेशनरी र विविध खर्च शीर्षकमा खर्च भएको भए सो को बिल भरपाई साथ बाँकी रकम शिक्षा विकास तथा समन्वय इकाइको खातामा जम्मा गरी सात दिनभित्र पेश्की फर्स्यौट गर्ने,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसइई नै नभएकोले पेश्की रकम फिर्ता गर्नुपर्ने बताए। ‘केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षले बढीमा दुई दिनको भत्ता लिन सक्छन्,’ शर्माले सेतोपाटीसँग भने।

एसइई परीक्षा सुरू हुनु एक दिनअघि सरकारले परीक्षा स्थगित गरेको थियो। परीक्षा केन्द्र व्यवस्थापनका सबै काम सकिएका थिए। यस्तै मन्त्रालयले एसइई परीक्षाका प्रश्नपत्र तथा कक्षा १२ का प्रश्नपत्र पनि सुरक्षित राख्न आग्रह गरेको छ।


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...