pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

एसइईको नम्बर असार २० भित्र  पठाउनु पर्ने,परीक्षा व्यवस्थापनका लागि पठाएको रकम फिर्ता गर्न पनि निर्देशन

1543666771rastriya-parich-1593516620.jpg

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले रोकिएको शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाइसक्न निर्देशन दिएको छ।

विद्यार्थी मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट लभद।नयख।लउ मा उपलब्ध रहेको भन्दै बोर्डले कार्यविधिअनुसार आन्तरिक मूल्यांकन गरी विद्यार्थीका नम्बर छिटो पठाउन भनेको हो।

कार्यविधिको अनुसूची २ मा भएको समष्टिगत फाराम मात्र प्रयोग गरी विद्यार्थीको अन्तिम मूल्यांकन विवरण तयार गर्न बोर्डले विद्यालयहरूलाई आग्रह गरेको छ।

विद्यार्थीलाई आन्तरिक तवरबाट मूल्यांकन गरी नम्बर दिन प्रधानाध्यापकको नेतृत्वमा विद्यालयमा तीन सदस्यीय समिति गठन गर्नुपर्छ।

उक्त समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्य रूपमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने बोर्डको भनाइ छ।

विद्यालयहरूबाट प्राप्त भएको प्राप्ताङ्क विवरण र मूल्यांकन समितिबाट प्रमाणित गरी पठाइएका प्राप्ताङ्क, तालिका मार्क लेजर० भिडाई प्रयोगात्मक र सैद्धान्तिक अंक भरेरनभरेको, पूर्णाङ्क मिलेरनमिलेको लगायत रूजु गरेर जिल्लास्थित समन्वय इकाइलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले आग्रह गरेको छ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण एसइई परीक्षा सम्भव नरहेकोले आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले साउनमा एसइईको परीक्षाफल प्रकाशित गर्नेगरी आवश्यक तयारी सुरू गरिसकिएको जनाएको छ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि देशभरबाट चार लाख ८२ हजार सात सय सात जना विद्यार्थी सहभागी हुँदै थिए। परीक्षाका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको थियो।

मन्त्रालयले फिर्ता माग्यो पेश्की रकम

एसइई परीक्षा नहुने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा व्यवस्थापनका लागि पठाएको रकम फिर्ता गर्न निर्देशन दिएको छ।

मन्त्रालयका शाखा अधिकृत बालकृष्ण सिंखडाले गत शुक्रबार सातै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै पेश्की रकम फिर्ता गर्न भनेका हुन्।

मन्त्रालयले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमार्फत् जिल्ला र केन्द्रहरूमा परीक्षा व्यवस्थापन खर्च उपलब्ध गराएको थियो।

प्रश्नपत्र, उत्तरपुस्तिका तथा परीक्षा सञ्चालन खर्च एक साताभित्र फिर्ता गर्न मन्त्रालयले आग्रह गरेको हो। केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षहरूले बढीमा दुई दिनको भत्ता लिन पाउने मन्त्रालयले पठाएको परिपत्रमा उल्लेख छ।

तर भत्ताबापत कति रकम लिने भन्ने प्रष्ट खुलाइएको छैन।

‘केन्द्रका केन्द्राध्यक्षले आफ्नो र सहायक केन्द्राध्यक्षको बढीमा दुई दिनको भत्ता, आन्तरिक ढुवानी, अस्थायी शौचालय निर्माण, स्टेशनरी र विविध खर्च शीर्षकमा खर्च भएको भए सो को बिल भरपाई साथ बाँकी रकम शिक्षा विकास तथा समन्वय इकाइको खातामा जम्मा गरी सात दिनभित्र पेश्की फर्स्यौट गर्ने,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसइई नै नभएकोले पेश्की रकम फिर्ता गर्नुपर्ने बताए। ‘केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षले बढीमा दुई दिनको भत्ता लिन सक्छन्,’ शर्माले सेतोपाटीसँग भने।

एसइई परीक्षा सुरू हुनु एक दिनअघि सरकारले परीक्षा स्थगित गरेको थियो। परीक्षा केन्द्र व्यवस्थापनका सबै काम सकिएका थिए। यस्तै मन्त्रालयले एसइई परीक्षाका प्रश्नपत्र तथा कक्षा १२ का प्रश्नपत्र पनि सुरक्षित राख्न आग्रह गरेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...