jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

एमसीसीको तमसुक बोकेर गठबन्धनलाई फुटाउन परिवर्तन विरोधीहरु सक्रिय : पुलामी

असोज १६/अमेरिकी आर्थिक सहयोग एमसीसीको तमसुक बोकेर गठबन्धनलाई फुटाउन परिवर्तन विरोधीहरु हाल सक्रिय रहेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरका संयोजक प्रेमबहादुर पुलामीले बताएका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठन मकवानपुरको जिल्ला सम्मेलन र  एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगरको सम्मेलनलाई संयुक्त रुपमा पालुङमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पुलामीले एमसीसी अहिलेकै अवस्थामा कुनैपनि हालतमा माओबादी केन्द्रले पास नगर्ने बताए ।

राष्ट्रियता प्रतिको सवालमा माओवादी केन्द्र गम्भीर रहेको भन्दै राष्ट्रघात हुने कुनै पनि कार्य पार्टीबाट हुन नसक्ने उनले बताए । अहिले जनतामा परिवर्तन विरोधी पक्षले यस सम्बन्धमा भ्रम छरिरहेको उल्लेख गर्दै संयोजक पुलामीले अहिलेका सचेत नागरिक त्यस किसिमका भ्रममा नपर्ने दावी गरे ।

सम्मेलनले श्याम बहादुर छत्कुलीको अध्यक्षतामा ३१ सदस्यीय प्राध्यापक मकवानपुर जिल्ला संगठन कमिटि सर्वसम्मत चयन गरेको छ । 

कमिटिको बरिस्ठ उपाध्यक्षमा गौतम केसी, उपाध्यक्षहरुमा उत्तम अर्याल, किशोर न्यौपाने, राजीव कर्ण, राजन मिश्र, सचिवमा दीपक गौतम, सह–सचिवमा हरिकृष्ण कार्की, कोषाध्यक्षमा पवित्रा पाठक चयन भएका छन् ।

यस्तै, शिक्षक संगठनको सम्मेलनले मनोज रायमाझीको  अध्यक्षतामा २१ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक थाहा नगर कमिटी चयन गरेको छ । 

संगठनको उपाध्यक्षहरुमा जंग बहादुर लामा, उर्मिला श्रेष्ठ, रामचन्द्र कार्की, सचिवमा निराजन गोपाली, अर्थ सचिवमा बिष्णुमाया हिम्डुङ, सह–सचिवमा राज कुमार मोक्तान चयन भएका छन् ।

सम्मेलनमा एकीकृत शिक्षक संगठनको बिभिन्न भुमिकामा रहि कार्य गरेका ब्याक्तित्वहरुलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेमा एकिकृत अखिल नेपाल शिक्षक संगठन तामसालिङ राज्य समिति सदस्य कृष्ण कुमार कार्की, पुर्व मकवानपुर जिल्ला कमिटि उपाध्यक्ष ध्रुब सिंह बिष्ट, पुर्व जिल्ला कमिटि सदस्य बिष्णु बहादुर बस्नेत, बिमल कुमार बिष्ट, अवकास प्राप्त शिक्षक निरन्जन अधिकारी, दिपेन्द्र राज प्रधान, रामचन्द्र रायमाझी, रीता कार्की रहेका छन् ।


एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष गोकुल लम्सालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य विष्णु बिष्ट, मकवानपुर जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट, थाहा नगर कमिटी इन्चार्ज लक्ष्मण बिष्ट, अध्यक्ष अरुण रायमाझी, नेपाल शिक्षक महासंघ थाहा नगर  अध्यक्ष राजाराम कार्की लगायतको आतिथ्यता रहेको थियो । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...